६ जेठ – नेकपाको स्थायी समितिमा लैजाने २ सय केन्द्रीय सदस्य चयन गर्ने पूर्व माओवादी केन्द्रका नेताहरुलाई हम्मे परेपनि ८८ जना नेताहरु भने स्वत केन्द्रीय सदस्य हुने पक्का भएको छ । पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा पर्ने पक्का भएको हो ।

पूर्व माओवादी केन्द्रले नेकपाको स्थायी समितिमा १९ स्थान पाएको छ । यदि एकता अघिको सचिवालयको बरियताक्रमलाई आधार बनाएर स्पठाउने नाम तय भयो भने स्थायी समितिमा जाने बरियतामा १७ औं, १८ औं र १९ नम्बरमा रहेका नेताहरु क्रमशः कूलप्रसाद केसी, मातृका यादव र मणि थापासमेत केन्द्रीय सदस्य हुने भएका छन् ।

एकताअघि माओवादी केन्द्रको सचिवालय ८८ सदस्य थियो । त्यसैले, २ सय केन्द्रीय सदस्य पाएको पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्यहरु स्वत नेकपाको केन्द्रीय सदस्य हुनेछन् । बाँकी १ सय १२ जना केन्द्रीय सदस्यको चयनको जिम्मा पार्टी केन्द्रीय कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई २ जेठमा दिइसकेको छ ।

यस्ता छन् पूर्व माओवादी केन्द्रका८८ जना सचिवालय सदस्यः