तीन वर्ष जेठी मार्कलसँग यसरी जुरेको थियो 

 ब्रिटेनका राजकुमार ह्यारीले आफ्नी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलसँग भेट हुनुअघि उनले खेलेका टेलिचलचित्र कहिल्यै नहेरेको र उनका बारेमा पनि केही थाहा नपाएको खुलासा गरेका छन् ।

राजकुमार ह्यारी र मेगनबीच बिहे हुने घोषणा भएपछि दिइएको पहिलो अन्तर्वार्तामा बीबीसीसँग कुरा गर्दै ह्यारीले झण्डै डेढ वर्षअघि एकजना साझा साथीमार्फत आफ्नी भावी श्रीमतीसँग भेट भएको बताएका थिए । उनी आज उनैसँग बिहे गर्दैछन् ।

‘सुन्दर मार्कल चिप्लिइन् र मेरो जीवनमा आइपुगिन्’, उनले भनेका थिए, ‘आफ्नी स्वर्गीय आमा राजकुमारी डायना बाँचेको भए उनी र मार्कल घनिष्ठ साथी हुनेथिए ।’ उनकी आमाको सन् १९९७ मा प्यारिसमा एउटा मोटर दुर्घटनामा निधन भएको थियो । आफ्नी आमाको निधन हुँदा ह्यारी १२ वर्षका थिए ।

मार्कलले राजकुमार ह्यारीले हिराले बनेको औठी दिंदै बिहेको प्रस्ताव राखेको बताएकी थिइन् । लण्डन केन्जीङटन प्यालेसस्थित उनकै घरमा हिराले बनेको औठी दिंदै बिहेको प्रस्ताव राखेका थिए । मार्कल सामाजिक काममा पनि सक्रिय छिन् ।

एक पत्रकारको प्रश्नको जवाफमा ह्यारीले भनेका थिए, ‘पहिलो पटकको भेटमै मैले खोजेकी उनै हुन् भन्ने मैले थाहा पाएँ ।’ गत वर्ष उनले नेपालको भ्रमण गरेर भूकम्पले गर्दा क्षति पुगेको गोर्खा जिल्लाको एक स्कूलको पुनर्निर्माणका पनि सघाएका थिए ।

ह्यारीका १० प्रेम
सन् २००३ मा ह्यारीका प्रेमको हल्ला चल्यो । उनी टेलिभिजन प्रस्तोता नाटाली पिन्कह्यामसँग डेटिङमा रहेको सार्वजनिक भएको थियो । उनकी प्रेमिकाले अहिले बिहे गरिसकेकी छन् । उनको दुई बच्चा छन् । उनी स्काई स्पोर्ट एफ१ का लागि रिपोर्टिङ गर्छिन् ।

यस्तै, ह्यारीसँगको सम्बन्धको चर्चामा आएकी थिइन् जेल्सी डेभी । २००४ देखि उनीहरूको सम्बन्ध झाँगिएको बताइएको थियो । यो जोडी केप टाउनमा देखिएको थियो । २००९ मा सम्बन्धमा चिसोपन आएपछि डेभीले २०११ मा विवाह गरिन् ।

सन् २००९ मा केट मिडलटनसँगको सम्बन्धका विषयमा ह्यारी चचाृमा आए । लन्डनभन्दा बाहिर यो जोडीलाई देखिएको थियो । कतिसम्म भने फ्रान्सको पत्रिकाले यो जोडीको गसिप प्रकाशित गरेको थियो ।

कार्लोनी फ्ल्याक ह्यारीकी अर्की प्रेमिका हुन् । २००९ मा उनले आफ्नो कथा सुनाउँदा ह्यारीलाई प्रेमी भनेकी थिइन् ।

क्यामेलिया रोमस्ट्रेन्डसँग पनि ह्यारीको रोमान्स चलेको थियो । चेल्सीसँगको सम्बन्ध तोडिएपछि यी दुईबीचको प्रेम अझ झाँगिएको बताइन्छ ।
फ्लोरेन्स ब्रुडेनेलसँग ह्यारीको सम्बन्ध बलियो भएको एउटा ट्याबोलाइट दैनिक द सनले लेखेको थियो । २०११ मा यो खबर सनसनी भयो । मोडल फ्लोरेन्सको घरमा समय विताएको खबर आएको थियो । त्यसबेला ह्यारी दरबारले उनीहरूको सम्बन्धका बारेमा केही खोल्न चाहेको थिएन ।

क्रेसीदा बोनस र ह्यारीको सम्बन्ध दुई वर्ष चलेको थियो । २०१२ देखि २०१४ सम्म यो सम्बन्धको चर्चा कायम रह्यो । बीबीसी रेडियोमा यस सम्बन्धका विषयमा खुलाइएको थियो ।

मोली किङसँगको सम्बन्धमा पनि जोडिए राजकुमार ह्यारी । यो जोडी लन्डनको बारमा सँगै देखिएको थियो ।

ऐली गोल्डीनसँगको सम्बन्धमा पनि ह्यारीको चर्चा चुलियो । एउटै ब्ल्यान्केटभित्र दुवै रहेको खबर बाहिरिएको थियो । अन्ततः यो सम्बन्धपछि मार्कलसँग ह्यारीको अफेयर चलेको थियो ।