दुइ वाम पार्टी मिलेर नेपालमा तहल्का मच्चिएकाे बेलमा एमालेका पुर्व अध्यक्ष भने एकताकाे पाभाेलिपल्ट विहानै ८ बजेकाे फलाइटमा चिन उडेका छन।उनी पार्टी एकता हुदा पनि एकता सभामा देखिएनन।उनी कुनै वैठकमा पनि गएनन र सभामा पनि भाग लिएनन।अनाैठाे त के भने पार्टी एकता जेठ ३ गते भयाे र उनी जेठ ४ गते विहान ८ बजेकाे फलाइटमा चिन उडे।उदेकलाग्दाे कुरा के छ भने उनकाे एमाले पंक्तिमा सामान्य खाेजी समेत भएकाे छैन।देशकाे प्रधानमन्त्री,पार्टी अध्यक्ष र महासचिव भइसकेकाे हाेनहार नेतालाइ किन यसरी उपेक्षा गरियाे भन्ने चाहि अनाैठाे विषय बनेकाे छ।एकता सभामा समेत उपस्थित नहुनु र यसपछिका वैठकमा समेत कतै नदेखिइ खुरूक्क चिन जानुले उनी याे प्रक्रिया प्रति असन्तुष्ट भएकाे त वुझन सकिन्छ तर यसकाे सम्वाेधनकाे प्रयाश अाेली र प्रचण्डले किन गरेनन भन्ने चाहि उदेकलाग्दाे कुरा छ।