नेकपा अण्डरलाइन बनेपछि गजुरेलले भने, ‘अब सच्चा क्रान्तिकारीहरु तीव्र रूपमा ध्रुवीकृत हुन आवश्यक छ’

 काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले माकेको एमालेमा विलयसँगै अब सबै क्रान्तिकारीहरुबीच ध्रुवीकरणको समय आएको बताएका छन् ।

एमाले र माकेको एकतापछि गजुरेलले ‘यो एकतालाई प्रतिक्रियाबादी सत्तालाई बलियो बनाउनका लागि गरिएको एकता’ भनेेका छन् ।

क्रान्तिकारीहरु दक्षिणपन्थी अवसरवादी तथा संशोधनवादी पार्टीसँग मिसिने कुनै पनि संभावना नरहेकोले अब क्रान्तिकारी शक्तिहरु पनि एकताको प्रक्रियामा अगाडि बढ्नु पर्ने विचार व्यक्त गरेका छन् ।

उनले भने, “माओवादी केन्द्रका साथीहरु अब एमालेसँग एकता हुँदैन भन्दै थिए । अध्यक्षले एमालेसँग एकता नगर्ने स्ट्यान्ड लिइसक्नुभयो भन्दै थिए । तर, अब ती साथीहरुको पनि भ्रम साफ भयो । उनले पार्टीलाई एमालेमा लगेर बिलय गराइछाडे ।”

नेता गजुरेलले भने, “अब एमालेसँग एकतामा नजाने साथीहरु र हाम्रो पार्टीबीच पनि एकता हुन्छ । एमालेमा नगएका कांग्रेसमा जाने कुरा भएन, राप्रपामा जाने कुरा भएन, अब हुने भनेकै क्रान्तिकारी शक्तिहरुको धु्रवीकरण र एकता हो ।”

माओवादी केन्द्रका तल्लो तहका क्रान्तिकारी साथीहरुसँग एकता प्रक्रिया अघि बढ्ने पनि नेता गजुरेलले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *