दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले भन्यो, ‘आगोसँग खेलबाड नगर’

दक्षिण कोरिया र संरा अमेरिकाको संयुक्त सैनिक अभ्याससँगै जनवादी गणतन्त्र कोरियाले दक्षिण कोरियासँगको उच्च स्तरीय वार्ता स्थगित गर्नुकाे साथै अमेरिकालार्इ कडा चेतावनी समे

त दिएकाे छ ।

उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले उत्तर कोरिया र संरा अमेरिकाबीचको शिखर बैठकको सन्दर्भमा संरा अमेरिकाले दुई पटक सोच्नुपर्ने बताएको छ ।

केसीएनएले संरा अमेरिका र दक्षिण कोरियाबीच २०१८ माक्स थन्डर संयुक्त हवाई प्रतिरोधात्मक सैनिक अभ्यास गर्न लागेकोप्रति आपत्ति जनाएको छ ।

त्यो अभ्यासमा बी–५२ र एफ–२२ जस्ता वम हमलाकारी विमान लगायत एक सयभन्दा बढी विमानहरुको प्रयोग हुने जनाइएको छ ।

उत्तर कोरियाले सो अभ्यासलाई ‘आगोसँग खेलेको’ संज्ञा दिएको छ । हालै दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको प्योङयाङ घोषणापत्र र कोरिया प्रायःद्विपमा पछिल्लो समय भएका सकारात्मक राजनीतिक विकासलाई सैनिक अभ्यासले कमजोर बनाउने उत्तरको भनाइ छ ।

दुई कोरियाबीच हालै भएको सहमतिमा कोरिया प्रायःद्विपमा भएको सैनिक तनाव र युद्धको खतराबाट मुक्त गर्ने विषय उल्लेख छ । उक्त सहमतिमा संरा अमेरिकाले पनि पूर्ण समर्थन जनाएको थियो ।

‘तर दुई कोरियाबीचको भएको सहमतिको मसी सुक्न पनि नपाउँदै उत्तर कोरियाविरुद्ध दक्षिण कोरिया सरकार र संरा अमेरिका सैनिक अभ्यास गर्न थालेका छन् । यसले सबै शान्तिप्रेमी र राम्रो मनसायका प्रयासहरु विफल बनाउने सम्भावना बढेको छ ।’ उत्तर कोरियाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *