काठमाडौं ।  नेकपा एमालेले दोहोरो रणनीति अबलम्वन गरेको सत्तापक्षले बताएकाे छ ।  प्रदेश प्रमुख, अस्थायी मुकाम तोक्ने र राष्ट्रिय सभा निर्वाचन सहमतिका आधारमा गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैंठकमा एमाले नेताहरुको प्रस्तुति नै दोहोरो अर्थ दिने किसिमको रहेपछि यस्तो बताएकाे हो ।

एमालेले अन्तिम घडिमा कुनै सल्लाह ‘लिनेदिन’अवस्था नरहेको बताएपछि उसकाे चरित्र दोहोरो देखिएको बैठकमै सहभागि एक नेताले बताए ।

एमाले उपाध्यक्ष भीम रावलले प्रदेश प्रमुख र राजधानी तोक्ने विषयमा आफुहरुले कुनै सुझाव नदिएको बताए । ‘जानकारी नभएको कुरामा यसै हो भनेर बोल्न सकिदैन । पटक पटक यो प्रक्रिया अघि बढाउनु भन्यौं तर सुन्नु भएन ।’ उनले भने ‘अन्तिममा आएर हामी सल्लाह दिने अवस्थामा छैनौं । नयाँ सरकारका लागि जे जे अड्काएर राखेको छ ति कुरा नअड्काओस् ।’понятныйчастотность поисковых яндекс запросовnahnews.orgrabota.reviewsнатуральный макияж глазDark Chocolates интернет магазин