काठमाडौं बैशाख ३० प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका सम्झौता कार्यान्वयनको डेटलाइन संविधान दिवसलाई बनाइएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै उनले भने, ‘संविधान दिवसलाई समय सीमा मानेर विगतमा भएका दुई देशीय सन्धि सम्झौतालाई कार्यान्वयन गर्ने सहमति भएको छ।’

असोज ३ गते नेपालको संविधान दिवस पर्छ।

तीन वर्षअघि भारतले संविधानमा असन्तुष्टि जनाउँदै नेपालविरुद्ध नाकाबन्दी गरेको थियो। भारत असन्तुष्ट भएको मुख्य दिनलाई दुई देशबीचका सम्झौता कार्यान्वयनको समय सीमा विन्दू तोकिएको देखिएको छ।

संसदलाई सम्बोधन गर्दै उनले मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएकाे समेत दाबी गरे।

मोदीसँग आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितलाई सम्मान गर्ने विषयमा उच्च स्तरीय सहमति भएको उनले बताए।

संसद बैठक (भिडियाे)