प्यूठान बैशाख ३०


 प्यूठानको सरुमारानी गाउँपालिका–४ मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट प्यूठानतर्फ जाँदै गरेको ना ४ ख ८१७६ नम्बरको बस आज बिहान करिब ३ बजे सडकबाट दुई सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २५ जना भन्दा धेरै घाइते भएका प्युठानका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने चालक वीरबहादुर चौधरीको मात्र सनाखत भएको छ। प्रहरीकाअनुसार बाँकी मृतकको अझै परिचय खुलेको छैन।

घटनस्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेर घाइतेलाई अस्पताल पु¥याएका छन्।

घाईतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल र बुटवल लगिएको छ। बसमा धेरैजसो भारतबाट रोजगारी गरेर फर्कंदै गरेका यात्रु थिए। बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको यात्रुहरुले बताएका छन्।