काठमाडौं । प्रधानमन्त्रीका रूपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नाकाबन्दी’का विषयमा आफ्नो मन्तव्यमा मुखै खोलेनन् ।०७२ असोज ३ मा नेपालले संविधानसभाबाट संविधान जारी गरेसँगै भारतले असन्तुष्टि जनाउँदै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । त्यसयता नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना देखिएको थियो ।

नाकाबन्दीको कहर भोगेका नेपाली जनताले भारत सरकार र त्यहाँका प्रधानमन्त्री मोदीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको थियो । नाकाबन्दीपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । भ्रमणमा मोदीबाट नाकाबन्दीमा आफ्नो कमजोरीको कुनै न कुनै रूपमा स्वीकारोक्ति हुने अपेक्षा नेपालीले गरेका थिए। तर उनले यस विषयमा मुखै खोल्न चाहेनन् ।

नेपाल भ्रमणमा रहेका उनले शुक्रबार नै तीन पटक सम्बोधन गरे । सबै सम्बोधनमा भारतीय प्रधानमन्त्रीले नाकाबन्दीका विषयमा एक शब्द पनि उच्चारण गरेनन् । अाजकाे अन्नपूर्ण पाेस्टमा खबर रहेकाे छ ।