सप्तरी – सरकारले शिक्षा क्षेत्रको सुधारका नियम तथा मापदण्ड अपनाउँदै आएको भए पनि सप्तरीमा भने पुरानै रबैया कायमै छ । आजकोगोरखापत्रमा समाचार छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठयक्रम  विकास केन्द्रको शैक्षिक सत्र २०७५ का लागि पाठ्य सामग्रीका रुपमा प्रयोग गर्ने पुस्तकको मापदण्ड निर्धारण गरी विभिन्न प्रकाशन संस्थाको पुस्तकलाई स्वीकृति प्रदान गरेको छ ।

तर यहाँका विद्यालयले भने कमिशनको चक्करमा सरकारको उक्त व्यवस्थाको धज्जी उडाउँदै पाठ्यक्रम विकास क्न्द्रबाट स्वीकृति नै नपाएका भारतीय प्रकाशन गृहका पुस्तकहरु आ-आफ्नो विद्यालयमा लागू गरेका छन् ।