काठमाडौं , २७ वैशाख – मे १२ मा भारतको कर्नाटकमा विधानसभा निर्वाचन हुँदैछ । तर, त्यसको ठीक एक दिन अगाडि भारतीय प्रधानमन्त्री एवम् भाजपा नेता नरेन्द्र मोदी नेपाल आउँदैछन् । मोदी विशुद्ध धार्मिक र सांस्कृतिक भ्रमणका लागि नेपाल आउन लागेको भनिएको छ । यसका अन्तरनिहित उद्देश्यमध्ये कर्नाटकको निर्वाचनलाई प्रभावित पार्ने पनि रहेको बताइन्छ ।बीबीसी हिन्दीका वरिष्ठ पत्रकार अनिल चमडिया लेख्छन्, ‘भारत चुनाव आयोगले मतदानको दुई दिन अगाडिबाटै चुनाव प्रचारप्रसारमा रोक लगाउने गर्दछ । तर भारतीय जनता पार्टीको चुनाव आयोगले यस प्रावधानलाई निष्प्रभावी बनाउनका लागि एक अगल चुनाव प्रचार मोडल बनाएको छ ।’

बीबीसी हिन्दीमा प्रकाशित चमडियाको विचार नेपालीमा अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ–

मतदानअघि मोदीको भाषण

१२ मेमा जुन समयमा कर्नाटकमा मतदान हुनेवाला छ, त्यो समय कर्नाटकका मतदाताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका हिन्दू मन्दिरमा दर्शन गरेको समाचार मिडियाबाट प्रमुखताका साथ पाउनेछन् ।

११ मेमा प्रधानमन्त्रीले गर्ने नेपाल भ्रमणबारे नेपालका गृहमन्त्री रामबहादुर थापाले यो स्पष्ट पारेका छन् कि नरेन्द्र मोदी आफ्नो धार्मिक र सांस्कृतिक यात्राको लागि आउँदैछन् ।

भारतको निर्वाचन आयोगले देशका कुनै पनि हिस्सामा राजनीतिक पार्टीहरुलाई मतदानभन्दा दुई दिन अगाडिदेखि चुनाव प्रचार बन्द गर्नुपर्ने नियम बनाएको छ ।

तर भारतीय जनता पार्टीले चुनाव आयोगको यस प्रावधानलाई निष्प्रभावी बनाउनका लागि आफ्नो एक अलग चुनाव प्रचारको मोडल बनाएको छ ।

सन् २०१४ मा सम्पन्न चुनावको बेलादेखि यस्तो देखिने गरेको छ ।

अप्रिल २०१४ को आसाम र त्रिपुराको ६ लोकसभा सिटमा मतदान सुरु भइसकेको थियो र टेलिभिजनका समाचार च्यानलबाट भाजपाको घोषणापत्र सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण भइरहेको थियो । प्रत्यक्ष प्रसारणको साथै घोषणापत्रका मुख्य कुराहरु ब्रेकिङ न्यूजमार्फत देखाइएको थियो ।

मुरली मनोहर जोशीले घोषणा पत्र विस्तारमा जानकारी दिएपछि उत्तरपूर्वी राज्यकोबारेमा आफ्ना प्रतिवद्धताहरु पनि राखे ।

१० अप्रिल २०१४ मा दिल्लीका सबै सात संसदीय क्षेत्रमा मतदाताहरु भोट खसाल्नेवाला थिए ।

‘मोदीमय र कमलमय’

जनसत्ताका रिपोर्टर प्रियरन्जनले लेखे, ‘विज्ञापनका आडमा आचारसंहिताको ठाडो उल्लंघन’ ।

बुथहरुमा मतदाताको सहयोग गर्न राखिएका टेबुल र कुर्सीमा बसेका कार्यकर्ताहरुमा अखबार पढ्ने होड जस्तै देखियो । जसलाई पनि पहिलो पाना देखाइन्थ्यो । वास्तवमा निर्वाचन आयोगले चुनाव चिह्न प्रदर्शन गर्न रोक लगाएको थियो तर त्यसको बदला अखबार बनेको थियो ।

दिल्लीबाट प्रकाशित हुने सबै अखबारको पहिलो पन्ना ‘मोदीमय र कमलमय’ थिए । ९मोदीमयको अर्थ नरेन्द्र मोदी र कमलमयको अर्थ भाजपाको चुनाव चिह्न०

टोपी, ब्यानर र पर्चामा चुनाव चिह्न रोक्न सकिन्थ्यो तर अखबार पढ्न–देखाउन कसरी रोक लगाउने रु त्यहिभएर ‘कमल’ निकै देखियो ।

बस्तीका केन्द्रहरुमा पनि कार्यकर्ताहरु अंग्रेजी अखबारलाई घण्टौं हेरिरहेका देखिए । १० अप्रिलको दिन कुल ९२ संसदीय क्षेत्रमा मतदान भयो ।

मतदानको बेला पत्रिकाका पहिलो पाना भारतीय जनता पार्टीले सुनौलो विज्ञापन प्रकाशित गर्ने यस रणनीतिको चुनाव आयोगमा लगातार उजुरी परिरह्यो । त्यसपछि ४ मई २०१८ देखि चुनाव आयोगले यसप्रकारको विज्ञापन नगर्न निर्देशन जारी ग¥यो ।

चुनाव आयोगले राजनीतिक पार्टीका अध्यक्षहरुलाई मतदानको पूर्वसन्ध्यामा चुनाव प्रचारको नियतले विज्ञापन गर्न नपाउने गरी निर्देशन दिएको छ ।

भाजपाले निकाल्यो उपाय

कर्नाटक विधानसभा चुनावलाई मध्यनजर गरी ११ मे र १२ मेमा समाचार पत्रमा चुनाव प्रचारको उद्देश्यले विज्ञापन प्रकाशित गर्न त चुनाव आयोगले रोक लगायो तर अरु नियतलाई रोक्ने प्रावधानहरु आयोगसँग छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा हिन्दू मन्दिरमा दर्शन गर्ने कुरालाई मिडियाले आफ्नो समाचार मान्दछन् । तर, यसको पछाडि चुनाव प्रचारको नियत छ जसलाई रोक्न निर्वाचन आयोगसँग कुनै प्रावधान छैन ।

नरेन्द्र मोदी हिन्दू पौराणिक ग्रन्थ रामायणका मर्यादा पुरुषोत्तम रामको पत्नी सीताको जन्मस्थान जनकपुर जाने कार्यक्रम छ । नेपालका गृहमन्त्रीले दिएको जानकारीअनुसार जनकपुरपछि मोदी अन्य धार्मिकस्थलहरु मुक्तिनाथ मन्दिर र पशुपतिनाथ मन्दिर पनि जानेछन् ।

अलग किसिमको प्रचार, अलग रणनीति

कनार्टकमा भारतीय जनता पार्टीमाथि हिन्दुत्वलाई प्रोपोगान्डा बनाएर आक्रामक प्रचार गरेको आरोप लागेको छ । उत्तर प्रदेशको विधानसभाको गत वर्षको चुनावमा ८ मार्च २०१७ को अन्तिम समयमा पनि प्रधानमन्त्री मोदी गुजरातको सोमनाथ मन्दिरको दर्शन गर्न गएका थिए ।

मतदानको नजिक देशको कुनै स्थानमा मन्दिरमा प्रधानमन्त्रीले गरेको यात्राको एक रोचक अध्ययन गर्न सकिन्छ । भारतीय जनता पार्टीले मतदानको बेला मतदाताहरुलाई प्रभावित पार्न प्रचारात्मक रणनीतिको अध्ययन गर्दा लाग्छ यो पार्टी प्रचारका लागि कुन स्तरसम्म रणनीति बनाउँछ ।

उदाहरणका लागि १७ अप्रिल २०१४ मा लोकसभाको मतदानको छैठौं चरणमा सबैभन्दा धेरै १२२ संसदीय क्षेत्रमा मतदानको दुई दिन अगाडि पूर्व एक प्रतिष्ठित च्यानलले मत सर्वेक्षणको नतिजा सार्वजनिक गरेको थियो । दोस्रो दिन भारतका कतिपय अग्रणी पत्रिकाहरुले पहिलोपटक एक मत सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धन एनडीएलाई लोकसभा चुनावमा बहुमत दिएको छ भनेर समाचारको हेडलाइन बनाए ।

५४३ सिटमा एनडीएले २७५ सिट जित्ने मत सर्वेक्षणको नतिजा थियो ।

तर चुनाव आयोगले १४ अप्रिलमा टिभी च्यानलबाट प्रसारित आपनियन पोलको बारेमा भनेको थियो, त्यसमा ती १११ लोकसभा क्षेत्रका सम्भावित नतिजाहरु सामेल थिए, जहाँ मतदान भएको थियो र उक्त निर्वाचन क्षेत्रको सन्दर्भमा मत सर्वेक्षणको नतिजा प्रसारण गर्नु यो जनप्रतिनिधित्व कानुनको धारा १२६ को उल्लंघन हो ।

एर्को प्रकारको प्रचारात्मक रणनीति तब देखियो जब २४ अप्रिलमा ११७ संसदीय क्षेत्रमा मतदान हुँदै थियो । त्यस दिन नरेन्द्र मोदीले वाराणसीबाट आफ्नो उम्मेदवारी दर्ता गर्ने योजना बनाइरहेका थिए । भाजपाका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीको मनोनयन दर्ताको भव्यतालाई दिनभर टेलिभिजन च्यानलहरुले प्रसारण गरे ।

विश्वभरमै शायद कुनै एक उम्मेदवारको मनोनयन दर्ता कार्यक्रमलाई प्रसारण गर्न यति धेरै समय दिइएको थियो ।

यस्तो लाग्छ मतदानको बेला मन्दिरमा जाने कार्यक्रम चुनाव क्षेत्रको आवश्यकताको हिसाबले तय गरिन्छ । कर्नाटकमा चुनाव प्रचारको केन्द्रमा साम्प्रदायिकता छ ।