काठमाडौं–राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा केहीबेर अघि सुरु भएको छ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा दलहरुसँग सहमति खोज्न बैठक बोलाएका हुन् । तर, यो बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागि भएका छैनन् ।
उनको अनुपस्थितिमा एमालेका भीम रावल, विष्णु पौडल र सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरेका छन् । केही दिनयता झाडापखालाबाट अस्वस्थ भएका एमाले अध्यक्ष केपी ओलीलाई घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाले ओली आजको बैठकमा सहभागि नभएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्थामा भने क्रमशः सुधार भइरहेको छ ।

त्यस्तै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागि छैनन् । यादव सप्तरीतर्फ गएकाले उनी पनि बैठकमा अनुपस्थित बनेका छन् । राजपाका तर्फबाट बैठकमा महन्त ठाकुर सहभागि छन् भने माओवादीका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल लगायतका नेताहरु सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ruesWindows Performance Station отзывысахком объявления работаold.atn.uaкупить dab dcme dcpeпоисковый трафик сайта