काठमाडौं २० पुस– बिहीबार प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बस्न लागेको बैठकमा प्रमुख दलका शीर्ष नेता सहभागी हुनेछन् ।

प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको हो । बैठक बिहान ९ जबेदेखि सुरु हुनेछ ।

बैठकमा प्रदेश प्रमुखको विषयमा एमालेले लचकता अपनाउने भएको छ । स्रोतका अनुसार देउवा सरकार कामचलाउ भएकाले प्रदेश प्रमुख तोक्न नहुने अडान राख्दै आएको एमाले राष्ट्रिय सभा निर्वाचनको विषयमा समेत लचक हुने छ ।

कांग्रेस–एमालेको आ–आफ्नै अडानका कारण राष्ट्रिय सभा निर्वाचन नै अन्यौलता पर्दै आएको थियो । यस विषयमा माओवादी भने मिलेर जानुपर्ने लाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस् ।

www.citynews.net.uaс чегосайтаinceptorin the steps of the masterобувь зима 2017-2018