काठमाडौं  २६ बैशाख – प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेपछि पूर्व प्रधानमन्त्रीले ट्वीट गरेका छन् ।बैशाख २५ मंगलबार बिहान आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको वाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यसैगरी भू–उपयोग सम्बन्धी नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।

प्रम ओलीको आग्रहमा पूर्व प्रमहरूलेआसन्न बजेट र भारतीय प्रमको नेपाल भ्रमणवारे आआफ्ना गच्छे अनुसार सल्लाहसुझाव दिइयो !

निर्वाचित जनप्रतिनिधिहरूलाई बजेट निर्माण प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्ने तर तजबिजी रकम दिननहुने सुझाब दिइयो । आगे प्रमको जो मर्जी !

भेटघाटको प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटमा आफूहरुले प्रधानमन्त्री ओलीलाई गच्छे अनुसारको सल्लाह–सुझाव दिएको जानकारी दिएका छन् ।