काठमाडौं बैशाख २६


तस्बिरः जिबन/जनकपुर

तस्बिरः जीबन /जनकपुर
 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका लागि बनाइएको स्वागतद्वार हावाहुरीले भताभुंग पारेको छ।

बुधबार बिहान वर्षासँगै आएको हावाहुरीले दुई दिनपछि हुने लागेको मोदी भ्रमणका लागि बनाइएको पण्डाल र स्वागतद्वार भताभुंग पारेको हो।

हावाहुरीबाट स्वागतद्वार बचाउन खोज्दा केही मजदुर सामान्य घाइते समेत भएको बताइएको छ।

मोदीलाई नागरिक अभिनन्दन गरिने जनकपुरस्थित रंगभूमी बाह्र बिगाह मैदानमा पनि पानी जमेको छ।

हावाहुरीले सडकमा बनाइएको स्वागतद्वार तथा पण्डाल खसेको जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको छ।

हावा हुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याइएको समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएको बताइएकाे छ।