साेमवार माअाेवादीसंग एकताकाे लागि तयारी अन्तिम चरणमा पुगेकाे भनेर समाचार अाइरहदा मध्य दिनमा उनले सरकारी टिवटर पेजबाट हाेइन,अाफनाे ब्यक्तिगत अर्थात पार्टी अध्यक्षकाे पेजबाट भने अागाे अाेेकले।उनले अाफनाे पेज अचानक लेखे-हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।जब अाेलीले यस्ताे लेखे तब नया सनसनी मच्चियाे।

अाखिर अाेलीले समीकरण बदल्न वानी परेकाे भनेर कसलाइ भनेका हुन ? साेमवार नै सुचना अाएकाे छ कि माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल फाेरम अध्यक्ष उपेन्द्र यादव र नया शक्तिका संयाेजक डा बाबुराम भटटराइसंग कुम जाेडन पुगे भनेर।यी तिन नेता मिलेर अब नया कार्यगत एकता गर्ने र अघि बढाउने भनेर तयारी खवर अायाे।प्रचण्डले नया दलहरूसंग हात लम्क्याएकाे बेला अाेलीले लेखे-समिकरण बदल्न खप्पिस भनेर।के अाेलीले प्रचण्डलाइ नै हाे त याे ताराे हानेकाे ? नया नया खालका अनुमान भइरहेका छन।अनि उनले याे कुरा सरकारी टिवटर पेजबाट नलेखी किन पार्टीकाे पेजबाट लेखे ?