साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका तीनजना अभियुक्तसँग जिल्ला अदालत मोरङले मंगलबार बयान लिंदैछ । न्यायिक हिरासतमा रहेका सबै ३० जनाको बयान आज सकिंदैछ । प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये हिजोसम्म २७ जना अभियुक्तको बयान अदालतले लिइसकेको छ ।

morang-tapaikokhabar-jpgसोमबार बयान लिइनेमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डिएसपीद्वय प्रजीत केसी र सञ्जय राउत रहको जिल्ला अदालतले जनाएको छ ।हिजो जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ ।

यसअघि राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्कीका छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो ।

सबैको बयान सकिएपछि अदालतले थुनछेकको बहस सुरु गर्ने तयारी गरेको छ । बहसका लागि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरुले वकालतनामा दर्ता गर्ने क्रम सुरु भएको छ । बहसका लागि काठमाडौंबाट समेत केही नाम चलेका कानुन व्यवसायी आउने भएका छन् ।

बयान दिने विमानस्थलका कर्मचारीहरुले सुन आएकोबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन् । आफूहरुले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरुको भनाइ थियो ।