बामगठबन्धन नटुटेसम्म आयोगले चुनावी परिणाम नदिने सहमति गरेको छ -अमरेशकुमार

निर्वाचन आयोगले आफूहरुसँगको परामर्शमै प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न अस्वीकार गरेको र वाम गठबन्धन तोड्ने भरपर्दाे आधार नबनेसम्म प्रतिनिधिसभाको नतिजा पनि सार्वजनिक नगर्ने र राष्ट्रियसभा चुनावको प्रक्रियालाई पनि लामो बनाइने सिंहको भनाई थियो । ‘जवसम्म लोकतन्त्रको रक्षा गर्नेगरी नयाँ समीकरण बन्ने अवस्था रहंदैन, तवसम्म प्रतिनिधिसभाको निर्वाचन परिणाम पनि सार्वजनिक हुँदैन’ अमरेशको भनाई उद्धृत गर्दै उनी निकट स्रोतले वतायो, ‘प्रचण्डजीलाई केपी ओलीसँग टुटाउन केहि समय लाग्न सक्छ, त्यसका लागि राष्ट्रियसभाको चुनावी प्रक्रिया पनि लामो बनाउने निर्वाचन आयोगसँग समझदारी भइसकेको छ ।’

वाम गठबन्धन टुटाउन भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री देउवा सम्मिलित एउटा, कांग्रेस नेता अमरेश, विमलेन्द्र निधि लगायतको अर्काे र भारतीय जासुसी संस्थाहरुको तर्फबाट अर्काे गरी तीन तहका संयन्त्र सक्रिय छन् । उनीहरुको उद्धेश्य पहिले वाम गठबन्धन फुटाउने र त्यसो गर्न नसकेमा गठबन्धन भित्र विवाद सिर्जना गरी केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रहेको छ । ओलीले भारतको उकपक्षीइ निर्भरताबाट नेपाललाई मुक्त गरेको र भारतीय नाकाबन्दीलाई पराजित गरेकाले भारत पक्षीय राजनीतिक महौल बनाउनु पर्ने उनीहरुको तर्क छ । यसै योजना अनुरुप सोमबार माओवादी अध्यक्ष प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन भन्दै कांग्रेस नेता अमरेश र राजपा नेता राजेन्द्र महतो प्रचण्ड निवास पुगेका थिए । उनीहरुले प्रचण्डलाई फकाउन ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर तर्साउने समेत गर्न थालेका छन् । यसअघि कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसको अवको मुख्य रणनीति वाम गठबन्धनबाट प्रचण्डलाई छुटाउनु रहेको वताएका थिए । वाम गठबन्धन नतोडे अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने भन्दै प्रचण्डलाई धम्की आउन थालेको माओवादी नेता मणि थापाले एक दैनिक पत्रिका मार्फत वताएका छन् । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।

kp.uaduнаименование учебного заведенияbravoil моторное масломобильная реклама ответы adwordsfree adult dating services

Leave a Reply

Your email address will not be published. Required fields are marked *