काठमाडौं , १९ पुस– सरकारले राष्ट्रिय सभा निर्वाचन आगामी माघ २५ गतेका लागि तोक्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा २५ माघका लागि राष्ट्रियसभा निर्वाचन मिति तोक्न लागेको जानकारी दिएका हुन् । प्रचण्डले भने त्यो भन्दा अगावै निर्वाचन गराउन देउवालाई आग्रह गरेका थिए ।

बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले २५ माघका लागि निर्वाचन तोक्ने देउवाले जानकारी दिएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तय गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।порталаbhdtracking financecomments.uaсковороды с керамическим покрытием ценаэкскурсии выходного дня