२३ बैशाख – संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे प्रतिनिधिभा र राष्ट्रिय सभाको बैठक संयुक्त रुपमा बस्दै छ

संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्ने बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना रहेको संसद् सचिवालय श्रोतले जनाएको छ ।

आजको वैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश पेस हुने संभावना रहेको छ ।

राष्ट्रपति भण्डारीले दुई महिनाअघि ती अध्यादेश सिफारिस गरेकी थिइन् ।