अग्निज्वाला डटकम काठमाडौं पुस १८

बैठकमा पार्टी नेताहरुसँगै प्रचण्ड बैठकमा पार्टी नेताहरुसँगै प्रचण्ड

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता ‘फिप्टी फिप्टी’ का आधारमा हुनुपर्ने भनी आफूले राखेको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली असहमत नभएको दावी गरेका छन्।

खुमलटारस्थित निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो दावी गरेका हुन्। उनले पार्टी एकताका विषयमा आशंका नगर्न पनि पार्टीका नेताहरुलाई आश्वस्त पारेका छन्।

ब्रिफिङमा प्रचण्डले उल्लेख गरेको ‘फिफ्टी–फिफ्टी’ को प्रसङ्ग एमाले र माओवादी केन्द्रबीच सरकार र पार्टी नेतृत्वका सम्बन्धमा थियो। ओली प्रधानमन्त्री हुँदा माओवादी केन्द्रले पार्टीको नेतृत्व गर्ने वा एमालेले पार्टीको नेतृत्व गरे सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने प्रचण्डको प्रस्ताव थियो। ‘बल्ल पावर सेयरिङका विषयमा बहस र छलफल चलेको छ’ बैठकमा प्रचण्डले भने, हाम्रो प्रस्ताव नाजायज भनेर ओलीलेजीले भन्नु भएको छैन।’

उनले ओलीको अस्वस्थताका कारण विगत ३ दिनदेखि राजनीतिक विषयमा छलफल हुन नसकेको जानकारी गराएका थिए। आजभोलि नै एकता सम्बन्धी कुरा टुङ्गो लाग्नुपथ्र्याे’ प्रचण्डले भने, ‘तर ओलीजी बिरामीले गर्दा हुन सकेन।’ ओली र आफूहरुबीच अब कुनै चिसोपन नभएको बताएका उनले वैचारिक प्रश्न चुनावी घोषणापत्रका आधारमा गर्ने र बाँकी महाधिवेशनमा गएर टुंग्याउने विषयमा ओलीसँग सझदारी भइसकेको दावी पनि गरेका थिए।

अन्य पार्टी परित्याग गरेर आउने व्यक्तिहरुको व्यवस्थापन र निर्वाचनमा भएको अन्तर्घातका विषयमा छलफल चलेपनि बैठक पार्टी एकताकै विषयमा बढि केन्द्रीत बैठकमा बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भने अनुपस्थित थिए।

ниша свободнаяперфектсеояндекс контекстная реклама google adwordsсайтовраскрутка сайтасоздать мыло на гугле