काठमाण्डाैं,वैशाख २१गते।नेपाली कांग्रेसले २५ महिनापछि पदाधिकारी नियुक्त गरेकाे छ।पदाधिकारी नियुक्ति नगरिएकाे भनेर अालाेचना भइरहेकाे बेलामा सभापति शेरवहादुर देउवाले पार्टी वैठक डाकेर उपसभापतिमा विमलेन्द्र निधि,महामन्त्रीमा पुर्णवहादुर खडका र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाइ नियुक्त गरेका हुन।तर याे निर्णय गर्दा वैठकमा बरिष्ठ नेता रामचन्द्र पाैडेल अनुपस्थित थिए भने नेताहरू प्रकाशमान सिह र महेश अाचार्यले असहमति जनाएका छन।यसअघि पार्टी वैठक सकिएकाे भाेलिपल्ट नै देउवाले निर्वाचित पदाधिकारीकाे वैठक डाकेका थिए।तर पाैडेल पक्षले सहमहामन्त्री अाफनाे भाग हुनुपर्ने दावी गरेपछि देउवाले वैठक अाजकाे लागि सारेका थिए।अपरान्ह २ बजेकाे डाकेकाे वैठकमा सहमतिकाे लागि काेशिश भएपनि सफल नभएपछि सभापतिले पदाधिकारी नियुक्त गरेका हुन।