अग्निज्वाला काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका युवाहरुमा अध्ययनशीलता नभएको बताएका छन्।

कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले युवाहरुलाई अध्ययनशील बन्न आग्रहसमेत गरे।

‘देशको जिम्मवारी लिने अहिलेको युवा पुस्तामा अध्ययनशीलताको कमी हुँदै गएको छ’, युवाहरुलाई विशेष सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरु अध्ययनशील बननुहोस्, माक्र्सवाद पढनुहोस्, चिन्तन गर्ने र ज्ञान लिने बानीको विकास गर्नुहोस्।’

  ‘एमाले र माओवादी केन्द्र मिलेर नयाँ पार्टी बनाउने तयारी’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष प्रचण्डले एकताका लागि एमाले र माओवादी केन्द्र दुवै पार्टी भंग गरेर नयाँ पार्टी बनाउने तायारी भैरहेको जानकारी दिए।

एकतामा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको उनको भनाइ थियो। 

उनले चाडै एकता नभए देश अराजकताको भूमरीमा फँस्ने भन्दै एकताबाट पछाडि हट्ने ठाउँ नभएको दावी गरे।

‘एमाले र माओवादी केन्द्रका बीचमा चाँडै एकता भएन भने देश अराजकताको भूमरीका फँस्छ’, उनले भने, ‘एकताबाट पछाडि हट्ने ठाउँ छैन, एकता चाँडै हुन्छ।’

दुई पार्टीको एकताका लागि दुवै पार्टीका कार्यकर्ता क्रमभंग गर्न तयार हुनुपर्ने भन्दै उनले कार्यकर्तालाई भने, ‘नयाँ पार्टी निर्माणका लागि हामी क्रमभंग गर्न तयार छौँ?’