काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकतामा जाँदा सरकार र पार्टीको नेतृत्व फरक फरक व्यक्तिले गर्नुपर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कार्यालयको विस्तारित बैठकले न्यायोचित शक्ति बाँडफाँड हुने गरी पार्टी एकता गर्नुपर्ने निर्णय गरेको माओवादी नेता देबेन्द्र पौडेलले बताए । ‘पार्टी एकताको विषय धेरै लम्ब्याउनु हुँदैन,’ उनले भने, ‘पार्टी र सरकारको नेतृत्वमा एउटै ब्यक्ति भएर हुदैन भन्ने निर्णय बैठकले गरेको छ। भोलि पार्टी एकताका बिषयमा अध्यक्षको केपी ओलीसङ्ग छलफल हुनेछ।’

बैठकले पार्टीलाई साङ्गठनिक रुपमा ब्यबस्थित गर्न रामबहादुर थापा बादल को नेतृत्वमा कार्यदल समेत गठन गरेको छ ।pravogolosa.netготовый интернет на магазин opencartподнужнапереадресация смс билайнrussian mice