काठमाडाैं । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँ थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७६० रुपैयाँ थियो ।