अरुण तेस्रो भारतलाई सुम्पनु ठूलो राष्ट्रघात -बिप्लप र बैद्य

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी र मोहन बैद्य निकट माओवादीले  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे अासन्न नेपाल भ्रमणका क्रममा गरिन लागेकाे अरूण तेस्राे जलविद्युत परियाेजना शिलन्यासकाे तीव्र रूपमा विराेध गरेका छन् ।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुण तेश्रो जलविद्युत परियोजनाको शिलन्यास गर्ने सरकारी कार्यक्रम तय भएपछि २ पार्टीले  भ्रमण र शिलन्यास पूर्व नै विराेध गरेका छन् ।

साे जलविद्युत परियोजना १९८० देखि निरन्तर बहस र विवादमा पर्दै आएको परियोजना भएकाेले  उक्त परियोजनाले भारतलाई एकतर्फी फाइदा हुने र नेपाललाई गम्भीर घाटा हुने भएको भन्दै नेकपा लगायतका विभिन्न राजनैतिक पार्टीहरुले विरोध गर्दै आइरहेका छन् ।

नेकपाले अरुण तेश्रोमा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सम्झौता खारेज गर्न र नेपालको आफनै लगानी एवं पहलकदमीमा निर्माण गर्न सरकारलाई दबाब दिदै आइरहको छ ।

सोही विषयलाई लिएर सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको ब्यापक विरोध हुँदा हुँदै पनि अरुण तेश्रो जलविद्युत परियोजना सरकारले भारतको निजी कम्पनीलाई बुझाउन लागेको भन्दै आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *