काठमाण्डाैं, प्रधानमन्त्री केपी अाेलीले मंगलवार गृहजिल्ला झापा पुगेर यति सुपर जाेक गरे कि झापामा उनले जाेक भन्दा हासेका मानिसकाे अावाज काठमाण्डाैं सम्म अाइपुग्याे।लुम्विनीबाट सिधै झापा पुगेका अाेलीले त्यहा यस्ताे भाषण गरे कि उनकाे भाषण सुनेर नहास्ने त काेही भएनन।उनले भने-याे सुपर जिल्ला हाे।यहा जे पनि सुपर हुन्छ।उनले थप भने-यहा सुपर माछा हुन्छ,सुपर लिचि फल्छ,सुपर धान फल्छ।

प्रधानमन्त्री अाेलीले काठमाण्डाैंलाइ दिन लागिएकाे मेलम्चीकाे पानी  पनि झापाकै भएकाे दावी गरे।उनले भने-मेलम्चीकाे पानी भनेकाे इन्द्रवातीकाे पानी हाे।इन्द्रवातीमा अाउने काेशीकाे पानी हाे र त्याे पानी हामीले काठमाण्डाैंलाइ पनि दिदैछाैं ।उनले यसाे भनेपछि मानिसहरू हासेर हल नै गुञ्जियाे।उनकाे याे कुरा सुनेपछि मानिसहरूले अाज चाहि बुढाले सुपर जाेक हाने भनेर ब्यग्य गरे।