अग्निज्वाला काठमाडौँ बैशाख १८


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले राजनीतिक अराजकताको अन्त्य चाहेको बताएका छन्।
मंगलबार बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रिय कार्यालय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अराजकताको अन्त्य र विकास र समृद्धि जनताको मुख्य चाहना रहेको बताए।कस्तो खालको राजनीतिक अराजकता हो भन्ने बारेमा भने उनले केही खुलाएनन्।

जनताले राजनीतिक स्थिरता र विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेको भन्दै सोही जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुको काँधमा आएको उनको भनाइ थियो।

उनले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरुमाथि पनि आएको स्मरण गराउँर्दै जनताका पक्षमा काम गर्न निर्देशन समेत दिए।

अध्यक्ष प्रचण्डले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफूले गरेको दावी गर्दै अब जनताको अपेक्षा अनुसार काम बताए।

अध्यक्ष प्रचण्डले जनताले वामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाई बहुमत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने बताए।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराए।