दलाल पुँजीवाद विरुद्धको संघर्षमा विप्लवको यस्तो छ नेपाली मजदुरहरुलाई अपिल

नेपाली मजदूर वर्गले मुख्यत दलाल पुँजीवादसँग लड्नु पर्दछ मजदुरवर्ग सामन्तवादसँग लड्नु पर्दछ, मजदूर वर्ग साम्राज्यवाद र विस्तारवादसँग लड्नु पर्दछ र मजदूर वर्ग दलाल पुँजीवादसँग पनि लड्नु पर्दछ तर मजदूर वर्गले मुख्यत दलाल पुँजीवादसँग लड्नु पर्दछ । विचार संघर्ष र वर्ग संघर्षमा मजदूर वर्गले मुख्य रुपले लड्नु पर्ने संघर्ष क्रान्तिका यस्ता अनिवार्य नियमहरु हुन जसलाई पालना नगरेर या पुरा नगरेर कुनै पनि क्रान्ति सम्भव छैन ।

नेपालको मजदूर आन्दोलन सापेक्षतामा लामो छ र मजदूरवर्गले नेपालका सवै आन्दोलन र क्रान्तिहरुमा महत्वपूर्ण योगदान गर्दै आएको छ तर ईतिहासतः मजदूर आन्दोलन सपाट छैन र हुने कुरा पनि होईन । यसले थुप्रै उतार–चढाव बेहोर्दै आएको छ । कम्युनिष्ट दृष्टिकोणवाट हेर्दा मजदूर आन्दोलन मुख्यत दुईवटा खराबीवाट आक्रान्त बन्दै आएको छ । एउटा संकिर्ण जडसुत्रवादी प्रवृतिवाट र अर्को दक्षिणपन्थी संशोधनवादी प्रवृतिवाट तर वर्गसंघर्षका खास–खास नयाँ मोडहरु (जनयुद्धकालहरु)मा भने मजदूर वर्गले यी दुवै प्रवृतिलाई चिरेर क्रान्तिकारी प्रवृति अंगाल्न सफल भएको छ । संकिर्ण जडसुत्रवाद राम्रो प्रवृति होईन । यो प्रवृतिले मजदूरवर्गलाई नोक्सान पु¥याउदै आएको छ र अव पनि पु¥याउने कुरा पक्का–पक्की छ । संकिर्ण जडसुत्रवादले लेनिनको भाषामा भन्दा ‘माक्र्सवादको क्रान्तिकारी आत्मालाई’ भिकिदिन्छ । यसले शुद्ध माक्र्सवाद र क्रान्तिका कुरा त गर्दछ तर यो यति अव्यवहारिक खोक्रो, रुखो र असान्दर्भिक हुन्छ कि कहिल्यै पनि क्रान्तिकारी वर्गसंघर्षको भिषणतार अनिवार्यतालाई पकड्न सक्दैन । यो यति अमूर्त रागमा अलमलिन्छ कि कहिल्यै पनि प्रष्ट चित्र र आकार दिन सक्दैन । संकिर्ण जडसुत्रवाद वास्तवमा व्यवहारिक प्रयोगवाट जहिले पनि कोसौ दूर रहन्छ त केही आजंवरीहरुको आत्मरती गर्ने रागमा अलग हुन्छ । यसैले जडसुत्रवादी प्रवृतिवाट मजदूरवर्ग सजक र सचेत हुनै पर्दछ ।

नेपालमा यसका खाँटी प्रतिनिधि भनेका मोहन विक्रम सिंह नै हुन् । उनले जन्म कालदेखि क्रान्तिको कुरा त गरे तर जीवनको उत्तराद्र्ध भैइसक्दा पनि उनको क्रान्ति कसैले भेटाउन नसक्ने छायाँवाद जस्तो हुन पुग्यो । उनको जडसुत्रवाद यति अव्यवहारिक छ कि जसले क्रान्तिका भिषणतासँग हेलिने आँट गर्छ र अगाडी बढ्छ त्यसैमाथि शुद्ध माक्र्सवादको हवाला दिएर हमला गर्दछ । उनको ‘माक्र्सवाद’मा कतै जीवन, एकता र रुपान्तरण छैन खाली खोक्रो, रुखो र फुटपना मात्र छ । यस अर्थमा मजदूर वर्ग संकिर्ण जडसुत्रवादवाट वच्नै पर्दछ । यो प्रवृतिसँग जोडदार संघर्ष गर्नै पर्दछ र यसमाथि विजय गर्नै पर्दछ ।

दक्षिणपन्थी संशोधनवाद झनै नराम्रो प्रवृति हो । यो माक्र्सवादको नाम लिएर माक्र्सवादको भ्रष्टीकरण गर्ने, माक्र्सवादलाई विकृत गर्ने, माक्र्सवाद र वैज्ञानिक समाजवादको गला घोट्ने र अन्ततः वैज्ञानिक समाजवादको विसर्जन गर्ने प्रवृति हो । अर्को अर्थमा भन्दा दक्षिणपन्थी संशोधनवाद भनेको कम्युनिष्ट आन्दोलन र मजदूर आन्दोलनमा घुसेको मजदूर आन्दोलनमा फोहोर मैलाको रुपमा जम्मा भएको अभिजातीय पुँजिवादी प्रवृति हो । दक्षिणपन्थी संशोधनवाद मजदूर वर्गको विचमा नाङ्गो रुपले पतन नभएसम्म, उसको सक्कली अनुहार नउदाङ्गिए सम्म विना सोचको क्रान्तिका कुरा गरी टोपल्छ । मजदूर वर्गलाई भ्रम छर्न र आफ्नो कुरुप अनुहारमा पर्दा लगाउन वर्ग संघर्षका कुरा पनि आकल–झुकल उठाउँछ तर कहिल्यै क्रान्ति गर्दैन । क्रान्ति र संशोधनवाद भनेको पूर्व र पश्चिम जस्तै हुन । पश्चिमतिर हिडेर पूर्व पुग्ने प्रचार गर्नु जति वकवास हुन्छ संशोधनवादले क्रान्तिको कुरा गर्नु त्यस्तै वकवास वाहेक अरु केही हुदैन । अझ भनौं भने संशोधनवादीहरुवाट क्रान्तिको आशा राख्नु भनेको पिपलको बुटामुनी वसेर स्याउको आशा गर्ने जत्तिकै मुर्खता गर्नु वाहेक केही हुदैन । नेपालमा यो प्रवृतिको सक्कली प्रतिनिधि एमाले हो । एमाले र जवजले नेपालको मजदूर आन्दोलन र कम्युनिष्ट आन्दोलनमा कति ठूलो भ्रम पा¥यो, धोका दियो र मजदूर वर्गलाई शोषण ग¥यो भन्ने हाम्रो अगाडी छर्लङ्गै छ । आज पनि थोरै भए पनि मजदूर वर्गलाई भ्रम छर्न कोशिस गर्दैछ ।

दक्षिणपन्थी संशोधनवाद जव क्रान्ति र क्रान्तिकारी विचारवाट पथभ्रष्ट हुन थाल्दछ क्रान्तिकारी आन्दोलनलाई उल्टो दिशातिर मोड्न थाल्दछ, वडो हाँसो उठ्दो तरिकाले माक्र्सवादमा सिर्जनशिलता, समय अनुकुलको विचार विकास र मौलिकताको डंका ठोक्न थाल्दछ । मजदूर वर्गलाई सुधार र सम्झौताका गुलिया कुराले बेरेर अधोगतितिर धकेलिदिन्छ । वर्ग शत्रु, वर्ग विरोधीसँग संघर्ष गर्ने कुरालाई आर्थिक घेरावाट मुक्त गर्दै मजदूर वर्गिय सत्ता निर्माण सम्म डो¥याउनेमा पुरै वेवास्ता गर्दै अझ भनौं त्यसको विरोध गर्दै धोका दिने काम गर्दछ । २०औं शताव्दीमा सोभियत संघदेखि पूर्वी यूरोपसम्म जति पनि समाजवादी सत्ता वने त्यसलाई भित्रैवाट ढाल्न यहि दक्षिणपन्थी संशोधनवादी विचार दोषी छ । अझ गजब त यो भयो कि ख्रुश्चोभदेखि चाउचेस्कुसम्मले समाजवादको गला घोट्दा या सत्ता संचालन गर्दा यहि माक्र्सवादमाथि सिर्जनात्मक विकासकै फलाको हाल्ने काम गरे । यी धोकेवाजहरुले श्रमिक जनता र मजदूर वर्गलाई वर्वाद पार्दा मौलिकता र आर्थिक सुधारकै नारावाट पारे । नेपालमा पनि एमालेले हस्यास्पद मौलिकताको नारा भित्रैवाट आर्थिक सुधारकै नारावाट मजदूर वर्ग र कम्युनिष्ट आन्दोलनलाई धोका दियो । आजपनि नेपाली मजदूर आन्दोलनको प्रमुख चुनौति यहि प्रवृति नै हो । तसर्थ मजदूर वर्गले दक्षिणपन्थी संशोधनवादको विरुद्धमा निर्मम संघर्ष छेड्नै पर्दछ । मजदूर आन्दोलनवाट संशोधनवादलाई स्याल लखेटे झै लखेट्नै पर्दछ । किन कि मजदूर वर्गमा घुस्ने विजातीय प्रवृति संशोधनवादलाई उखेलेर नफालेसम्म मजदूरहरु मुक्त सम्भव छैन ।

नेपाली क्रान्ति यतिवेला केन्द्रीय सत्तामा हस्तक्षेप गर्ने र जनवादी सत्ता निर्माण गर्ने मोडमा छ । दश वर्षको जनयुद्धले देशका ग्रामिण क्षेत्रमा सामन्तवादलाई उखलेर फाल्ने सफलता प्राप्त ग¥यो । ईतिहासमा पहिलो पटक दोहोरो सत्ताको स्थिति सिर्जना गरिदियो । केन्द्रीय सत्ताको छिना–झप्टीमा बुर्जुवा वर्ग, विदेशीको आडमा टिकेको दलालहरुको सत्ता नै हावी छ तर यो बुर्जुवा सत्ता यति कमजोर भईसकेको छ कि एउटा धक्का सर्वहारा वर्गले दिने हो भने ढल्ने प्रवल सम्भावना छ । हिजो ग्रामिण सत्ता संचालनमा किसान वर्गले क्रान्तिको मुख्य शक्तिको भूमिका निभाएको हो । माओवादी पार्टीको अगुवाईमा किसान, मजदूर, महिला, दलितले त्यो भूमिका पुरा गरे तर अव केन्द्रीय सत्ता कव्जा गर्ने संघर्षले दश बर्षे जनयुद्धको अग्रणी भूमिका किसानलाई दिए जस्तै मजदूर वर्गलाई दिएको छ ।

साँचो कुरा हो कि बुर्जुवा वर्ग र सर्वहारावर्ग विचको सत्ता संघर्षले क्रान्तिको केन्द्रमा मजदूर वर्गलाई खडा गरेको छ । बुर्जुवा सत्ताको विरुद्धमा सवै उत्पीडित जनताले संघर्ष गर्नु पर्दछ र गर्ने छन् तर संघर्षको नेतृत्वकारी शक्ति र भूमिकामा मजदूर वर्ग आएको छ र भूमिका पुरा गर्नु पनि पर्दछ । बुर्जुवा सत्ताका संरचना र त्यसका अवशेषहरु गाउँमा छैनन् भए पनि निकै नै कमजोर हालतमा छन् तर शहरमा भने अझै पनि बुर्जुवा वर्गकै संरचना र प्रभुत्व कायम छन् र सापेक्षतामा वलिया पनि छन् । यि संरचना र अवशेषहरु रहदासम्म वा जनतामाथि हावी हुदा सम्म जनताले चाहेको न शासन प्रर्णाली चल्ने वाल छ न त स्थापना हुने नै सम्भावना छ । तसर्थ बुर्जुवा वर्गको सत्ता संरचनाहरुलाई भत्काउनु र ति संरचनाको सट्टामा जनताको सत्ता संरचनाहरु खडा गर्न आवश्यक छ । गाउँमा जसरी माओवादी पार्टीको अगुवाहमा किसान र उत्पीडित समुदायले बुर्जुवा वर्गको सत्ता ध्वंन्स गरेर जनताको सत्ता स्थापना गरे त्यसै गरी अव शहरमा हुने संघर्षवाट माओवादी पार्टीको अगुवाहमा मजदूर वर्गले बुर्जुवा वर्गको सत्ता ध्वस्ट गर्नु पर्दछ र त्यसको सट्टामा जनताको सत्ता स्थापना गर्ने तर्फ भूमिका लिनु पर्दछ ।

मजदूर वर्गले शहरवाट सत्ता निर्माण गर्ने भूमिका लिनु पर्दछ भन्नुको मतलव के अव तुरुन्तै विगतमा गाउँमा जनसत्ता संगठित गरे जस्तै अर्को सत्ता संगठित गर्ने हुन आउदछ त ? या केन्द्रीय सत्ताको लागि विद्रोह मात्र भन्ने बुझ्नु पर्दछ ? हाम्रो विचार यि दुवै गलत छन् । मजदूर वर्गले शहरमा तुरुन्तै अर्को सत्ता वनाएर शासन नै चलाई हाल्ने भन्ने होइन न त अमूर्त विद्रोहको कुरा मात्र हो । तर रुसदेखिका अनुभवहरुलाई केन्द्रित गरेर सोच्दा शोषक वर्गले हेप्न र दमन गर्न खोजे भने कारखाना, टोल, एरिया र जिल्ला स्तका जन समितिहरु वन्न सक्दैन भन्ने होइन वन्न सक्दछन् र वनाएर जानु पर्ने हुन सक्छ । शहरका मुख्य–मुख्य ठाउँहरुमा श्रमिकहरुका सत्ताहरु संगठित हुन सक्दछन् । आफ्नो अधिकार र हितको लागि ति सत्ताहरु क्रियाशिल हुन सक्दछन् ।

रुसमा जसरी कारखाना र औद्योगिक क्षेत्र स्तरका सोभियतहरु गठन गरिय र आफ्नो सत्ता संचालन गर्न तर्फ लागे हाम्रो हकमा पनि त्यो प्रयोग हुदैन भन्ने छैन तर मजदूर वर्गको प्रथामिक संघर्ष नै स्थानिय स्तरका सत्ता संचालनका लागि भन्ने चाँही होइन । मजदूर वर्गको प्रमुख संघर्ष केन्द्रीय सत्ताको निम्ति नै हुनु पर्दछ । किन कि माथि नै उल्लेख गरि सकियो कि नेपाली जनताले यतिवेला भोगिरहेको अप्ठ्यारो र संकट भनेको बुर्जुवा वर्गको केन्द्रीय सत्तामा रहेको प्रभुत्व र अधिनायकत्वले नै हो । राष्ट्र र जनतालाई यो अप्ठ्यारोवाट मुक्त गर्नु भन्नुको अर्थ स्थानिय तहका मजदूर सत्ता नभई मुख्य रुपले केन्द्रीय तहमै मजदूर वर्गको सत्ता निर्माण गर्नु हुन्छ । केन्द्रमा आई पुगेको र यसले केन्द्रीय महत्वको भूमिका निभाउनु पर्दछ भनेको यही हो ।

मजदूर वर्गले सामन्ती सत्ताको दमन र लुट निकैलामो समय सम्म झेल्नु प¥यो । सामन्तवाद वास्तवमै एउटा क्रुर र अन्धकारमय व्यवस्था हो र सामन्त वर्ग भनेको अपराधी वर्ग नै हो । यसले नेपाली श्रमिक जनताको क्षमता, प्रतिभा र आकांक्षालाई क्रुरताको वुटमुनी थिच्ने वाहेक केही गरेन । मठ्ठिभर राजा, महाराजा, जमिन्दार, सुदखोर दलालहरुको लागि सिङ्गै राष्ट्र र जनताको आकांक्षालाई कुल्ची मात्र रह्यो । यसका विरुद्ध नेपाली जनताले वार–वार विद्रोह गरे र दश वर्ष सम्मको भिषण जनयुद्ध संचारलन गरे र फलस्वरुप सामन्तवादका किल्लाहरु गाउँ–गाउँवाट वढारिए र अन्ततः राजतन्त्रकै अन्त्य भयो यो जनताको विजय सँग–सँगै मजदूर वर्गको पनि महत्वपूर्ण सफलता हो । यद्दपी अझै पनि भूमिमा, अर्थतन्त्रमा र संस्कार सस्कृतिमा रहेको सामन्तवाद पुरैरुपले नष्ट भएको छैन अझ भूमि र सस्कृतिमा रहेका सामन्तवाद त वलियो नै छ यसलाई जरैदेखि निर्मुल पार्न ध्यान दिनै पर्दछ ।

जनयुद्ध र जनआन्दोलनको वलमा सामन्ती सत्ता त ढल्यो राजतन्त्रको अन्त्य त भयो तर सत्ताको मालिक जनता बन्न पाएका छैनन् हाम्रो पार्टीको जोड थियो कि लोकतान्त्रिक गणतन्त्रको नेतृत्व कर्तामा माओवादी पार्टी र सर्वहारा वर्ग पनि रहेकोले यो गणतन्त्रलाई जनताको गणतन्त्रमा वदल्न सवै मोर्चाहरु सरकार, सदन र सडकवाट (जनताको विचवाट) कोसिस गर्नु पर्दछ । गणतन्त्रलाई जनताको गणतन्त्रमा वदल्न सजिलो होस् भन्नकोलागि हामीले यसलाशई संक्रमणकालिन गणतन्त्र पनि भन्यो तर कटुवाल प्रकरण सम्म पुग्दा र पछिल्लो समयमा विदेशी शक्ति केन्द्रहरुको उक्साहटमा दलालहरुको नेतृत्व हावी हुन थालेपछि यो गणतन्त्र संक्रमणकालिन चरित्रवाट बुर्जुवा गणतन्त्रमा वदलिन पुगेको छ । यो बुर्जुवा गणतन्त्रमा वदल्ने नेतृत्व दलाल पुजीपतिहरुले गर्दै गर्दा गणतन्त्रको मालिक पनि दलाल पुँजिपति नै वन्न पुगेको छ । सत्ताका फैसला र चाहनाहरुमाथि दमन शुरु हुनुले जनताको प्रमुख अन्तरविरोध र संघर्ष पनि दलाल पुँजिपति वर्ग सँग नै वन्न गएको स्पष्टै छ ।

दलाल पुँजीवाद राजनैतिक दृष्टिले सामन्तवाद भन्दा (गणतन्त्रका दृष्टले) एक कदम अगाडि रहे पनि सत्ताको वर्ग चरित्रका दृष्टिले खासै अन्तर हुदैन । आखिर जनतामाथि र मजदूर वर्गमाथि प्रयोग हुने सत्ताको अधिनायकत्व बुर्जुवा वर्गकै रहन्छ । अझ आर्थिक, साँस्कृतिक र राष्ट्रियताका दृष्टिले त दलाल पुँजिवाद सामन्तवाद भन्दा पनि भद्दा क्रुर र खराव हुन पुग्दछ । दलाल पुुँजिवादले राष्ट्रिय अर्थतन्त्रलाई चौपट नै पारीदिन्छ । विदेशी ठुलो पुँजिको अनियान्त्रित र स्वच्छाचारी प्रवेश, वेलगाम मुनाफा र उत्पादित पुँजिको वहिगमन हुनले जनताको जीवन संकट पूर्ण वन्न वाध्य वन्दछ । दलाल पुँजि हामी हुनुको अर्थ हुन्छ मजदूर वर्ग केवल विदेशी पुँजिपति र मालिकहरुको सस्तोमा माल उत्पादन गरिदिने मेशिनको रुपमा प्रयोग हुनु । ठिक त्यसैगरी अर्थतन्त्रमा दलाली करण हुनुले राष्ट्रियता पुरै सुरक्षित हुन पुग्दछ । त्यसको प्रभाव सिदा राजनीतिमा पर्न पुग्दछ । अन्ततः राज्यसत्ता र सत्ता संचालन नै दलालको मेशिनमा वदलीन पुग्दछ । हाम्रो देशमा यो क्रम तिव्र रुपले वढ्दै गएको छ । जव सत्ता यस्तो चरित्रमा वदलिदैछ जनता मुख्यत मजदूर वर्ग र यो सत्ताको विचमा संघर्ष पनि उग्र वन्दै गएको छ । यो तथ्यलाई मजदूर वर्गले नबुझेको होइन तथापी अरु जिम्मेवारी पूर्वक पकड्नु पर्दछ र यो दलाल पुँजिवादी सत्ताको ध्वंस गर्ने र जनसत्ताको निर्माण गर्ने भूमिकामा अगाडी जोडतोडले वढ्नु पर्दछ ।

सार संक्षेपमा उल्लेख गर्दा मजदूर वर्ग खासगरी नेपाली मजदूर वर्ग विचार संघर्षमा दक्षिणपन्थी संशोधनवाद सँग र वर्ग संघर्षमा दलाल पुँजिवादसँग प्रमुख रुपले लड्नु पर्दछ । किन कि नेपाली मजदूर वर्गको काँधमा नेपाली जनवादी क्रान्तिलाई निर्णायक विजय सम्म पुगाउने गहन जिम्मेवारी रहेको छ । यो जिम्मेवारी तव मात्र पुरा हुन्छ जव मजदूर वर्गले नेपाली जनता र दलाल पुँजिवादी सत्ता विचको प्रमुख अन्तरविरोधलाई हल गर्ने दिशामा पहल गर्दछ । अझ यसलाई यसरी पनि भन्न सकिन्छ मजदूर वर्गको क्रान्तिमा केन्द्रीय भूमिका रहनुको अर्थ हो क्रान्तिलाई वाधा हाल्ने प्रमुख प्रवृतिसँग संघर्ष गर्नु । हामी प्रष्ट छौंं कि त्यसरी क्रान्तिलाई बाधा हाल्ने प्रवृति भनेको विचारमा दक्षिणपन्थी संशोधनवाद र वर्ग सत्तामा दलाल पुँजिवाद नै हो ।

मजदूर वर्ग यसका विरुद्ध संगठित हुनु र संघर्षरत रहनुको अर्थ हुन्छ सत्तामा मजदूर वर्गीय पहल बढाउन । मजदूर वर्ग संशोधनवाद र दलाल पुँजीवादमा विजयी हुनुको अर्थ हुन्छ सत्ताको मालिक मजदूर वन्नु र क्रान्ति सम्पन्न गर्नु । यस्तो ऐतिहासिक कार्यभार पुरा गर्न सम्पूर्ण मजदूर वर्ग एक ढिक्का हुनै पर्दछ ।                -नेत्र विक्रम चन्द ‘विप्लव’

Leave a Reply

Your email address will not be published. Required fields are marked *