मई दिवस र मार्क्सको २०० औं जन्म जयन्ती

सर्वहारा वर्गले आफ्नो अहिलेको शोषणपद्धतिलाई नष्ट गरेर मात्र सामाजिक उत्पादक शक्तिहरूको स्वामी बन्न सक्छ ।

“विश्वभरिका सर्वहाराहरू एक होऔँ” : कार्ल मार्क्स 

मे दिवस २०१८, कार्ल मार्क्सको २००औँ जन्म दिवस र मार्क्स र एङ्गेल्स लिखित ‘कम्युनिस्ट  घोषणापत्र’को प्रथम प्रकाशनको १७० औँ वर्ष पूरा भएको दिन, कम्युनिस्टहरू र सर्वहाराहरूका लागि हिजो, आज र सदाका लागि जीवित हतियार हुन् भनेर यिनको सान्दर्भिकता र सामथ्र्यलाई  सत्य साबित गर्ने दिनहरू हुन् ।

“अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो ।”

“सम्पूर्ण समाज नै दुई विशाल सत्रुतापूर्ण शिविरमा, एक अर्काका विपरीत दुई विशाल वर्गहरू बुर्जुवा र सर्वहारा वर्गमा झन् झन् विभाजित हुँदै गइरहेको छ ।”

“आधुनिक समाजको राज्यसत्ता भनेको सिङ्गो बुर्जुवा वर्गको साझा कामकारबाहीको परिचालन गर्ने एउटा कमिटी मात्रै हो । ”

त्यस व्यवस्थाले निरन्तर सङ्कट पैदा गर्छ—कम्युनिस्ट मेनिफेस्टो लेख्छ—  यो सङ्कट भनेको अति उत्पादनले उत्पनन्न गरेको सङ्कट हो र यो “बुर्जुवा सम्बन्ध आफैँले उत्पादन गरेको सम्पतिको रक्षा गर्न एकदमै सकसको स्थितिमा छ” भन्ने कुराको प्रमाण हो ।

बुर्जुवा वर्गले कसरी यो सङ्कटबाट मुक्त हुने उपाय खोज्छ त ? “एकातिर ठूलो मात्रामा उत्पादक शक्तिको नष्ट गरेर र अनि अर्कातिर नयाँनयाँ बजारहरू कब्जा गर्नुका साथै पहिलेका बजारहरूको अत्यधिक शोषण गरेर ।”

तर यसले नयाँनयाँ र डरलाग्दो सङ्कटलाई नै निम्त्याउँछ ।

बुर्जुवा वर्गले आफ्नो मुत्युको कारक हतियार मात्र उत्पादन गरेको छैन, अपितु, उसले यस्ता मान्छेहरू पनि उत्पादन गरेको छ, जसले उसैको सत्ता विरुद्ध यी हतियारहरूको प्रयोग गर्नेछन् ।

कम्युनिस्ट मेनिफेस्टो लेख्छ —“यी मान्छेहरू  आजका मजदुरहरू, सर्वहाराहरू हुन्, उनीहरूले त्यतिबेरसम्म काम पाउँछन्, जबसम्म उनीहरूको श्रमले पुँजीको वृद्धि गर्छ ।”

“ आज बुर्जुवाहरूका विरुद्ध जे-जति पनि वर्गहरू छन्, तिनमा सर्वहारा वर्ग मात्रै खास क्रान्तिकारी वर्ग हो : अरू वर्गहरू क्रान्तिकारी होइनन्, बरु रुढिवादी हुन् ।  अझ उनीहरू  प्रतिक्रियावादी हुन्, किनभने उनीहरू इतिहासको पाङ्ग्रोलाई पछिल्तिर घुमाउने प्रयास गर्छन् । यदि उनीहरू क्रान्तिकारी छन् भने खालि यत्तिकै कि चाँडै नै उनीहरूलाई सर्वहारा वर्गमा परिणत हुनु परेको अवस्थाले गर्दा मात्रै उनीहरू सर्वहारा वर्गसङ्घर्षको अंश हुन खोजेका हुन् ।”

“सर्वहारा वर्गले आफ्नो अहिलेको शोषणपद्धतिलाई नष्ट गरेर मात्र सामाजिक उत्पादक शक्तिहरूको स्वामी बन्न सक्छ ।”

“त्यसैले, इतिहास वर्गसङ्घर्षको इतिहास बन्छ र यो वर्गसङ्घर्षले कम अथवा बेसी गुप्तरूपमा चलेको गृहयुद्धको रूप लिन्छ, जहाँ त्यो क्रान्तिमा परिणत हुन्छ र सर्वहाराले बल प्रयोगद्वारा बुर्जुवाहरूलाई हटाएर आफनो शासनसत्ता कायम गर्छ ।”

कम्युनिस्टहरूको ध्येय प्रस्ट र सटिक छ :  सर्वहारालाई वर्गका रूपमा सङ्गसठित गर्नु,  बुर्जुवा शासनसत्तालाई हटाउनु र सर्वहाराको राजनीतिक सत्ता कायम गर्नु ।

कम्युनिस्ट मेनिफेस्टोमा कम्युनिस्टहरूका जिम्मेवारीहरूलाई सदाका लागि अपरिहार्य रूपमा उल्लेख गरिएको छ : “कम्युनिस्टहरू मजदुरहरूका तात्कालिक हित र लक्षका लागि सङ्घर्ष गर्छन्, परन्तु उनीहरूले साथसाथै वर्तमानको आन्दोलनभित्र भविष्यको आन्दोलनको पनि प्रतिनिधित्व गरिरहेका हुन्छन् । उनीहरू मजदुरहरूलाई बढीभन्दा बढी चेतनशील बनाउने काम गर्छन्, मजदुरहरूलाई बुर्जुवा वर्ग र सर्वहारा वर्गवर्गबीचको सत्रुतापूर्ण प्रतिपक्षाताबारे जति सक्तो  प्रस्ट  रूपमा  सचेत गराउँछन् ।

“कम्युनिस्टहरू वर्तमान सामाजिक र राजनीतिक व्यवस्थाको विरोधमा सबैतिरका  जुनसुकै क्रान्तिकारी आन्दोलनलाई समर्थन गर्छन्,  र किन भने सम्पतिको स्वामित्वको प्रश्न नै प्रत्येक आन्दोलनको मुख्य प्रश्न हो ।”

मार्क्स र एङ्गेल्सले सिकाउनु भएझैँ हिजोभन्दा पनि अझ बढी “कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र  उद्देश्यहरूलाई लुकाउनु घिनलाग्दो कार्य ठान्दछन् । सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेर मात्र आफ्नो  उद्देश्य पूर्ति हुनसक्छ भन्ने कुरा उनीहरू खुल्लमखुला  के घोषणा गर्छन्, किन भने, सर्वहाराका लागि गुमाउनका लागि हत्कडीसिबाय केही छैन र जित्नका लागि सारा संसार छ । ”

मार्क्सले विश्लेषण गर्नुभएको र लेनिनको समयसम्म पुग्दा साम्राज्यवादका रूपमा विकसित भएको पुँजीवाद विकराल आर्थिक सङ्कटबाट गुज्रिरहेको छ र यसले यो सङ्कटलाई सर्वहारा र उत्पीडित जनतामा थोपरेको छ ।

उनीहरू पुनर्प्राप्तिपुको कुरा गरिरहेका छन्, तर उनीहरूले पुर्नप्राप्तिका लागि सोचेको कुरा भनेको  नाफा आर्जन, आर्थिक लूट र  हतियार  मात्र हुन् ।

अहिले सर्वहारा र निर्धानिमुखा जनताका सामु बेरोजगारी, अशुरक्षा, शोषण, दासत्व, गरिबी, कच्चा पदार्थ र शक्ति र साधनमथिको लूटतन्त्र, विध्वंश र वातावरण विनाश मात्र छ ।

यस किसिमको परिस्थितिका विरुद्ध आम जनता र सर्वहारा वर्गका क्रान्तिकारीहरू, साम्राज्यवादी बुर्जवाहरू र साम्राज्यवादी दमनद्वारा  दलाल बनाइएका विभिन्न मुलुकका शासक वर्गको दमन र जनहत्याका विरुद्धमा उभिएका छन् । राज्य उनीहरूका विरुद्ध सदैव झनझन     प्रतिक्रियावादी र फासिवादी बनिरहेको छ ।

सङ्घर्ष र क्रान्तिलाई  मूल प्रवाहका रूपमा  सुनिश्चित गर्न सर्वहाराहरू र आम उत्पीडित जनता यसको प्रतिरोध गरिरहेका छन् र जनयुद्धको विकास गरिरहेका छन् ।

साम्राज्यवादी बुर्जुवाहरू र उनीहरूका भरौटे प्रतिक्रियावादी राज्यहरूले व्यापारिक र सामारिक स्वार्थमा केन्द्रित भएर जसरी अन्तर्साम्राज्यवादी झगडा चर्काएछन्, यो भनेको नयाँ विश्वयुद्धतर्फ विश्व विभाजनको स्थिति  हो ।

साम्राज्यवादी युद्धलाई गृहययुद्धमा परिणत गरेर विश्वव्यापी स्तरमा जनयुद्ध चर्काएर नै साम्राज्यवाद विरुद्धको अभियानलाई ठोस रूप दिन सकिन्छ ।

श्रमजीवीहरू तथा जनताको आन्दोलनको विरुद्ध गएर क्रान्तिको विरोध गरेर साम्राज्यवादीहरूका नीति र योजनासित मेलमिलाप गर्नु नै संशोधनवादीहरू तथा सामाजिक प्रजातन्त्रवादीहरूले लिएको सुधारवादको बाटो हो ।

सुधारवाद, सामाजिक प्रजातन्त्र र संशोधनवादका सामु उपस्थित चुनौतीलाई ध्यानमा राखेर नयाँ ‘पपुलिस्ट’  चुनावी शक्तिहरूले जनतालाई नारामा विभाजन गर्न प्रक्रियायावादी कुतर्कहरू प्रयोग गर्ने गर्दछन् र अन्ततः जनतालाई तिनै शासक वर्गको सेवामा पुर्याउँछन्, जो बुर्जुवा र साम्राज्यवादी स्वार्थमा काम गरिरहेका हुन्छन् । ‘पपुलिज्म’ ले  फासिवाद र नव-नाजिवादलाई प्रोत्साहित गर्ने काम गर्छ ।

कम्युनिस्टहरू र अग्रगामी सर्वहाराहरूले जनताको विद्रोहलाई  साम्राज्यवादद्वारा उत्पीडित मुलुकहरूमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादतर्फ प्रवृत्त गराउँछन् र  पुँजीवादी–साम्राज्यवादी मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न गर्दै साम्यवादतर्फको विजयका लागि अग्रसर गराउँछन् । मार्क्स-लेनिनवाद-माओवादलाई पथ प्रदर्शक सिद्धान्त मान्नेहरू त्यसलाई आफ्नो देशको ठोस परिस्थितिमा यसलाई लागू गरेर नयाँ र सही क्रान्तिकारी पार्टीको निर्माण गर्दै सवै सर्वहारा उत्पीडित जनता, लडाकु क्रान्तिकारी शक्ति र जनसेनामा आधारित  संयुक्त मोर्चाको नेतृत्व गर्छन् ।

जहाँ यी हतियारहरू छन्, त्यहाँ तिनीरूको बीरत्वपूर्ण  र जुझारु सङ्घर्षले विजय प्राप्त गर्न सक्छ ।

विश्वव्यापी रूपमा मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीहरूले चलाएको जनयुद्ध नै निर्णायक र अत्यावश्यक रणनीतिक आधारहरू हुन् ।
साम्राज्यवादीहरू र विश्वका प्रतिक्रियावादीहरूलाई सोझै प्रहार गरिरहेको भारतमा चलेको माओवादी जनयुद्धका साथै फिलिपिन्स, पेरू र टर्कीमा चलेका जनताका युद्धहरू क्रान्तिका लागि सबैका सामु देखिएका भरपर्दा आधारहरू हुन् । उनीहरूले नयाँ सत्ता र नयाँ समाज निर्माणका लागि शोषणयुक्त व्यवस्था र साम्राज्यवाद  र सबैखाले प्रतिक्रियावादी शक्तिहरूलाई फाल्न भरपर्दो र ठोस आधार  आधार प्रस्तुत गरेका छन् ।

संशोधनवादी र पुँजीवादी प्रवृत्तिहरू र जडसूत्रवादी निम्न-पुँजीवादी  प्रवृत्तिबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई मुक्त पार्न मालेमावादी कम्युनिस्टहरू एकताबद्ध भएर आफ्नो शक्तिलाई थप सुदृढ बनाउनु आवश्यक छ ।  आम जनतासितको घनिष्ठ सम्बन्ध र सत्ता निर्माणका लागि क्रान्तिकारी सङ्घर्षमा होमिएर नै सही पार्टीको निर्माण हुन्छ, एउटा क्रान्तिकारी पार्टी भीषण वर्गसङ्घर्षका बीचबाट निर्मित र विकसित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *