सुन तस्करी..अनुसन्धानकालागि ६ दिनको म्याद थप  

काठमाडौं,१४ बैशाख–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका बहालवाला एसपी सहित ३ जनालाई अनुसन्धानका लागि जिल्ला अदालत मोरङले ६ दिनको म्याद थप गरेको छ ।

सुन प्रकरण र भरिया मोरङ उर्लावारी निवासी सनम शाक्यको हत्या घटनासँग जोडिएको आशंकामा बहालवाला एसपी विसकाराज खनाल, डीएसपी सन्जयबहादुर राउत र प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेललाई अनुसन्धानका लागि अदालतले आज ६ दिनको म्याद थप गरेको हो ।

मकवानपुरमा कार्यरत एसपी खनाल, गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले बयान लिने क्रममा फरार भएका सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा कार्यारत डीएसपी राउत र सइ सञ्जेल विरुद्ध मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ६ दिनको म्यात थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यही काण्डमा प्रहरी नियन्त्रणमा परेको प्रहरी जवान सञ्जिव शाक्यलाई भने बुधबार नै अदालतमा हाजिर गराइ सोही मुद्दामा सात दिनको म्यात थप गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *