मदिराप्रेमी पाहुनाले सीमावर्ती क्षेत्रमा त्रास  

इटहरी, १४ वैशाख – तीन महिनाअघि सुनसरी भण्टाबारीको गुप्ता मदिरा पसलमा एक जना भारतीय युवा मदिरा पिउन आए। उनले मदिरा पिएपछि बिलको विषयमा हुँदा भएर उग्र रुप लियो। मदिरा पिएको सुरमा पसल सञ्चालक मनोज गुप्तामाथि आक्रमण गरे । गुप्ताको हात नै भाचियो।

प्रहरीले तत्काल मदिरा पसल सञ्चालकमाथि आक्रमण गर्ने भारत विहार राज्यको सुपौल जिल्ला भीम नगरका ३० बर्षीय अर्जुन पासवानलाईं पक्राउ गरियो। अन्तिममा गुप्ताको उपचार गर्न ३० हजार रुपैयाँ खर्च बेर्होने गरि दुवै पक्षबीच मिलापत्र भयो। व्यापारी गुप्ताले पासवानलाई कारबाही गरेमा भारतीय ग्राहक भड्किने भयले गर्दा मिलापत्र गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *