प्रदेश राजधानीको सम्भाव्यता अध्ययन माग  

काठमाडौं,१४ बैशाख–प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिको माग गर्दै एक तिहाई सांसदका हस्ताक्षरसहितको निवेदन सचिवालयमा दर्ता भएको छ ।

राजधानीबारे विभिन्न प्रस्ताव दर्ता भए पनि कुनै प्रक्रिया अघि नबढेको भन्दै सांसदहरुले दबाब स्वरुप ‘प्रदेशको राजधानी सम्भावयता अध्ययन विशेष समिति’गठन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
 भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित समेत संलग्न भनिए पनि उनले हस्ताक्षर भने गरेका छैनन् । एमाले सांसद केशव पोखरेल प्रस्तावक रहेर दर्ता भएको निवेदनमा सांसद राजेन्द्र पाण्डेलगायत ३७ सांसदले हस्ताक्षर गरेका छन् ।
 
राजधानी कायम गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा ३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भइसकेका छन् । काभ्रेका सांसदले चैत्र १४ गते, रसुवा र नुवाकोटका सांसदले १५ र भक्तपुरका सांसदले २६ गते राजधानी कायम गर्न माग गर्दै छुट्टाछुट्टै प्रस्ताव दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *