काठमाडौँ 

अगाडिको भ्रमणमा संसदलाई सम्बोधन गरि नेपाली  सांसदलाई खुशी बनाउने र  पछि  नाकाबन्दी लगायर  विवादमा आएकोले र  नेपाली प्रधानमन्त्री भारत भ्रमणमा गएका बेला संसदमा संवाेधन गर्ने परिपाटी नबनाएकाेले नेपालमा पनि भारती प्रधानमन्त्रीलार्इ संवाेधन गर्न नदिन सराेकारवाला निकायले दवाव दिएकाे छन ।

भारतीय प्रधानमन्त्री मोदीले संसदमा सम्बोधन गर्ने चाहना राखेपछि मन्त्रीहरूबीच विवाद देखिएको छ । प्रधानमन्त्री केपी ओलीसहित केही मन्त्री सम्बोधनको पक्षमा रहेका छन् भने अन्य मन्त्रीहरूले ‘नाकाबन्दी’काे मार नेपालीले भाेगिसकेकाे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि नेपालीलार्इ राम्राेसंग थाह भएकाले उनलार्इ संसदमा सम्बोधन गर्न दिनु हुदैन भन्ने धारणा मन्त्रीहरूले राखेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको औपचारिक मिति घोषणा हुन बाँकी छ । तर वैशाख २८ गते उनको नेपाल भ्रमण हुने गरी दुवै पक्षबाट तयारी भएको छ । संसद सचिवालयले वैशाख २३ गतेदेखि बजेट अधिवेशन बोलाउन सरकारलाई सुझाव दिएको छ ।