युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति रियल मड्रिड र बायन म्युनिखबीच रोचक प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार र आज राति साढे १२ बजे हुँदैछ ।
बायन र म्युनिखबीच च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायनको घरेलु मैदान अलायन्ज स्टेडियममा हुने खेल निकैनै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । स्टार खेलाडीले भरिएका दुवै क्लब राम्रा र बलिया क्लब भएका कारण कसले खेल जित्ला भनेर अनुमान लगाउन गाह्रो छ ।

यद्यपी गएको पाँच खेललाई मध्य नजरगर्दा रियल मड्रिड चार पटक विजयी भएको छ भने बायन मात्र १ पटक विजयी भएपनि आजको खेलमा कस्ले बाजी मार्लान् भन्ने प्रश्न निकै रोचक तरिकाले अगाडी आएको छ । खेल बायनको घरेलु मैदान अलायन्ज स्टेडियममा हुनेछ । एजेन्सी