३३ किलो सुन प्रकरण..एसपी विकासराज खनाल नियन्त्रणमा

काठमाडौं,१२ बैशाख– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरमा कार्यरत खनाललाई मंगलबार बयानका लागि गृहमन्त्रालय डाकिएको थियो । बयान सकेलगत्तै समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा पुर्‍याइएको थियो । छानबिन कमिटीले इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो ।
 
स्रोतका अनुसार राउत भने बयान नसकिँदै गृहमन्त्रालयबाट सुटुक्क बेपत्ता भएका थिए । नियन्त्रणमा लिइएका खनाल एक वर्षअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए ।
 
३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । आइतबारमात्र प्रहरीले पूर्वडिआईजी गोविन्द निरौलालाई पनि बयानपश्चात् नियन्त्रणमा लिएको थियो । आजको कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *