बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमान थप्ने

काठमाडौं,१२ बैशाख– निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमान थप्ने भएको छ । उक्त विमान असार दोस्रो साताभित्र काठमाडौंमा अवतरण गराउने योजना रहेको कम्पनीले जनाएको छ ।

बुद्धका निर्देशक रुपेश जोशीका अनुसार, विमान फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीमार्फत खरिद हुन लागेको हो । करिब १ अर्ब रुपैयाँ हाराहारी मूल्यमा खरिद गर्न लागिएको टर्बोप्रोप इन्जिनयुक्त विमान दुई महिनाअघि फ्रान्सको अधिनस्त राज्य न्यु–क्यालिडोनियाको एयर क्यालोडोनियाले एटीआर कम्पनीलाई बिक्री गरेको थियो ।
 
बुद्धका एक प्राविधिकका अनुसार, विमान लिजपर्चेजमा ल्याउन लागिएको हो । ‘सुरुमा १० करोड रुपैयाँ भुक्तानी पठाउँदै छौं, २४ महिनाभित्र सबै रकम चुक्ता गरी विमान कम्पनीको स्वामित्वमा ल्याइने छ,’ ती अधिकारीले भने । अनलाइनहरुमा उल्लेख भएअनुसार, यही टाइपको ब्रान्ड न्यू एटीआर विमानको डेढ अर्ब रुपैयाँ हाराहारी पर्छ । आजको कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *