कुञ्जर भट्टराई

अग्निज्वाला काठमाडौं  –उनलाई सबैभन्दा सम्झन लायक दिनका रुपमा रह्यो १३ वर्षअघिको नेपाली ताराको फर्म भरेको त्यो दिन ।

समय सकिंदै थियो तर उनले अन्तिम दिन भएपनि आवेदन दिईन र सुरु भयो गायनको महाअध्याय जसले दुर्गा खरेललाई संगीतकी  विद्यार्थीबाट चर्चित गायिकाको कोटामा दर्यायो ।आज नेपाली ताराको शीर्ष ६ मा पुगेको त्यो दिन देखि अहिलेसम्म आइपुग्दा जीवनमा धेरे कुराहरु महशुस गरिन् ।सांगीतिक सेलीब्रेटी बनेकी खरेलले त्यसअन्तरालमा स्रोता तथा दर्शकलाई निराश पारिनन् र अझैपनि नेपाली संगीतमा त्यसरी नै लागेकी छिन् । जसरी १३ वर्षअघिको नेपाली ताराको मञ्चमा लागेकी थिइन् । फरक छ त साधना अहिले उनी स्वभाविक रुपमा साधना र संगितमा थप पारंगत भएकी छिन् । त्यसैले दर्शकले उनको मायालाई एक आधार बनाएका छन् र पर्खिन्छन् उनको स्वरको जादु सुन्नलाई ।

 स्कुल पढ्दाबाटै उनीमा एक खालको संगीत चेत थियो । जसले झापाबाट उनलाई काठमाडौंसम्म संगीतकै सुरले तान्यो । निरन्तर सिकाइसँगै उनले छुट्छकी साथ’, ,’सुन्छु तिमीले मलाई’, ’किनकिन’, ’काले केटा’,’सपना तिम्रो मेरो’ जस्ता गीतमा जादुमय स्वर दिन र कालझैं गीतमा आफ्नो जीवन मिसाइन ।

 विद्यालयको गायन थियो आधार

ठ्याकै कहिले गीत गुनगुनाए उनलाई याद छैन् तर जव उनले आफूलाई बुझ्ने भइन त्यसपछि उनले विद्यालय स्तरिय गीत संगीतमा आफूलाई अब्बल बनाइन् । चुलबुले स्भाव निखर स्वर कसैले हेप्ने आँट गर्देन थिए । पढाईमा पनि अब्बल अनित चर्चा हुनेनै भयो । उनको स्कुले जीवनको यहि परिवेशले स्वरमा संगीत भरेको थियो । भद्रपुर उच्च माविमा अध्ययन गर्दानै एसएलसी अघिनै आफ्नो कलाले मन्त्र मुग्ध बनाउने खरेल भन्छीन गायनसँगै म अभिनय क्यारिकेरचरमा पनि उतिकै लाग्ने गर्थे ।

 अनुरागले पुर्यायो नेपाल तारा

स्कुले जीवनपछि काठमाडौंमा संगीतअध्ययनका लागि २०५९ सालमा राजधानी झरेकी दुर्गाले अनुराग संगीत विद्यालयमा संगीत अध्ययन गर्दै थिइन् । त्यसको केहि पछि २०६२ मा नेपाली तारा हुँदै छ भन्ने थाहा पाइन संयोग कस्तो रह्यो भने नेपाली ताराको आवेदनको अन्तिम दिन फर्म भरेकी दुर्गाले आफ्नो स्वरको अभ्यासको लागि भरेकी थिइन तर उनी शीर्ष ६ मा पुग्न सफल भइन् । साथै राष्ट्रिय स्टार समेत बनिन्।