सुकुम्बासीहरुलाई जर्बजस्ती प्रहरीले हटाउन खोजेको भन्दै झापामा नेकपाले दियो यस्तो चेतावनी

काठमाडौं -विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले झापाकाे एक विवादित वस्तीमा जनसरकारकाे ब्यानर टाँगेर सरकारलार्इ चुनाैती दिएकाे छ ।

झापाको दमकस्थित दमक नगरपालिका वार्ड नं ७ हाटखोला (सुनचांदी लाइन)मा रहेकाे सकुम्बासी वस्तीमा लामाे समयदेखि बसिरहेका सुकुम्बासीहरूलार्इ बिना व्यवस्थापन सरकारले बस्ती उठाउन खाेजेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले बस्ती उठाइए त्यसकाे परिणाम गंभीर हुने चेतावनी दिएकाे छ।

झापा जनसरकार प्रमुख सुमनसिंह पाैडेलकाे नाममा अाएकाे विज्ञेप्तीमा यस्ताे चेतावनी दिइएकाे छ ।

००७ साल देखि बसोबास गर्दै आएको सुखुम्बासी बस्तीलाई केपी अाेली सरकारले बारम्बार धम्कीपूर्ण अभब्यक्ति दिएकाे र जमिन छोड्न भनेपछि नेकपाकाे जनपरिषद झापाले विज्ञप्तिसहित सुनचाँदी लाइनमा सुकुमबासीहरूलाई नहटाउन चेतावनी स्वरुप खबरदार सूचना जारी गरेको हाे ।

सुकुम्बासीहरूले लामाे समयदेखि भाेगचलन गर्दै अाएकाे बस्तीमा एकाएक सरकारले वस्ती नै उठाएर मजदुरहरूकाे विचल्ली गर्न थालेपछि नेकपाले  सुकुम्बासीहरूलाई नहटाउन जिल्ला जनपरिषदले चेतावनी सहितकाे बिज्ञप्ति र ब्यानर समेत टाँगेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *