द्वापर युगमा सीताको स्वयम्वरका लागि विभिन्न देशका राजा, महाराजा, युवराज र वीरपुरुष जनकपुर आए। शिवधनुषमा ताँदो चढाउने वीरसँग सीताको स्वयम्वर गरिदिने राजा जनकको सर्त थियो। धनुषमा ताँदो चढाउन आएका वीर पुरुष एक–एक गर्दै असफल भइरहेका थिए। सीताको मनमा धुकुचुक चलिरहेको थियो—रामले धनुषमा ताँदो लगाउन सक्लान् कि नसक्लान्?

सीताको जन्मभूमि जनकपुरका कतिपय मतदाताको मनमा अहिले यस्तैखाले धुकुचुक छ— ‘दुई शेर’ बीचको चुनावी प्रतिष्पर्धामा कसलाई रोज्ने? धनुषा क्षेत्र नं ३ मा पर्ने जनकपुरबाट प्रतिनिधि सभाका लागि कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतो प्रतिष्पर्धामा छन्।

प्रतिष्पर्धा कतिसम्म छ भने, निधिको पोस्टर टाँसिएका हरेक ठाउँमा महतोको पोस्टर टाँसिएको छ। उत्रै र उस्तैगरी। स्थानीय टेलिभिजनमा विज्ञापनमा पनि उस्तै प्रतिष्पर्धा छ— दुबैको विज्ञापन अघिपछि बज्छ।

‘यहाँ शेर–शेरको लडाइँ छ। निधि जत्तिको कांग्रेसमा वर्चश्व कमाएको मधेसी नेता कोही छैन। अर्कोतर्फ महतो राजपा र मधेस आन्दोलनका अग्रणी हुन्’, जनकपुर १० का अशोक कर्णले भने, ‘दुबै जना संसदमा चाहिन्छ, विडम्बना एक जना हार्ने छन्।’spreadsheetитальянскаяорганизациярегистрация vkmixкупить газовую пружину на мрвзуття дніпропетровської фабрики