अग्निज्वाला काठमाडौं , ७ वैशाख – त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइएको छ ।लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण सुरु हुनेछ ।

‘हामीले फसेको विमानलाई तान्यौं । अब हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लैजाँदैछौं,’ उनले भने, ‘अबको एक घण्टामा विमानस्थल खुल्छ ।’