सहमति पहिल्याउँदै ओली-दाहाल

काठमाडौं, ७ वैशाख – एमाले अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि सहमतिको बिन्दु पहिल्याउन थालेका छन् ।

मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति बिन्दुको खोजी भएको छ ।

बैठक फेरी बस्ने गरी छलफल सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको राजधानीमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *