संविधान संशोधनपछि मात्र सरकारमाः फोरम

काठमाडौं, ७ वैशाख – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको भूमिकासहित राजनीतिक सहमति नभएसम्म सरकारमा नजाने बताएका छन् ।

बिहीबार कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष यादवले संविधान संशोधन गरी मधेसी, आदिवासी जनजातिका सवालहरु हल गर्ने वातावरण नबनेसम्म सरकारमा सहभागिताको अर्थ नहुने बताएका हुन्। ‘जबसम्म सरकारले राजनीतिक सहमति गर्दैन, हाम्रो भूमिकालाई सुनिश्चित गर्दैन’ उनले भने, ‘सरकारमा मन्त्रीमात्रै बन्नका लागि जानुपर्ने कुनै औचित्य देख्दैनौं।’

उनले सरकारमा सहभागीताका लागि दस्तावेज बनाउने, हस्ताक्षर गर्ने र कार्यान्वयन गर्ने विश्वसनीय र प्रतिबद्धताको आधार हुनुपर्नेमा जोड दिए। यादवले सरकारमा सहभागिताबारे सत्तारुढ दलहरुसँगको छलफल अहिले रोकिएको समेत बताए। आजको कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *