विद्यार्थीको सिकाइ स्तर खस्कियो

काठमाडौं, ७ वैशाख  – शिक्षामा हाल गरिएको लगानीले सोचेअनुसार प्रतिफल दिन नसकेको सरकारी अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले विद्यार्थीको सिकाइ स्तर खस्कँदै गएको देखाएको हो ।

विद्यार्थीको सिकाइ स्तर बढाउन विगतमा दिइएको सुझाव कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकाय असफल रहेको पनि अध्ययन प्रतिवेदनले औंल्याएको छ । ईआरओ विद्यालय शिक्षामा देखिएका समस्यालाई उजागर गरेर सुधारका लागि आवश्यक सुझाव दिन शिक्षा मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन गरिएको निकाय हो ।

ईआरओलाई प्रभावकारी बनाएर स्थायी निकायको रूपमा स्थापित गर्न शिक्षा ऐनको आठौं संशोधनमा पनि समावेश गरिएको छ । ईआरओले सन् २०१७ (शैक्षिक वर्ष २०७३) मा कक्षा ८ मा पढिरहेका विद्यार्थीसँग अनिवार्य नेपाली, गणित र विज्ञान विषयको सिकाइस्तरबारे अध्ययन गरेको थियो । आजको अन्नपूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *