यक बेला प्रचण्डका दाइने हात रहेका किराती भर्खर प्रचण्ड नेतृत्वकाे माअाेवादी छाडेर वैशाख ९ गते नेकपा माअाेवादी केन्द्र पुर्गठन गरेर चलाउछु भनेर लागेका गाेपाल किरातीले प्रचण्ड र वावुराम बारेमा अाफनाे मुल्यांकन पेश गरेका छन।उनले एक टिभी अर्न्तवार्तामा प्रचण्डकाे बारेमा राेचक टिप्पणी गरेका छन।

उनले भने-२०५८सालकाे साउन महिनामा म किरात वर्कस पार्टी चलाइरहेकाे थिए।एक जना सिनियर माअाेवादी नेताले प्रचण्ड संग मिलाैं भनेर प्रस्ताव गरे।यसपछि मैले मिल्न त मिल्ने तर प्रचण्ड वावुरामकाे स्वभाव कस्ताे छ ? कस्ता मान्छे हुन ? भनेर साेधें।त्यसपछि ती नेताले भने-प्रचण्ड गाउँघर तिर गाइ गाेरूकाे ब्यापार गर्ने ब्यापारी जस्ता छन।अनि वावुराम चाहि वेद पढने पण्डित जस्ता छन।अस्ति असाेजमा एमालेसंग गठनवन्धन अनि हतारमा पार्टी एकता गर्ने कुरा गरेपछि मलाइ ति नेताले भने कुरा हाे जस्ताे लाग्याे।

यी दुइ ठुला नेताकाे बारेमा किरातीले यति मात्र भनेका छैनन।उनले प्रचण्ड र वावुराममा वावुराम नै इमान्दार रहेकाे पनि बताए।उनले भने-कम्तिमा वावुरामले लाेकतान्त्रिक गणतन्त्र ल्याएपछि अाफनाे लक्षय पुरा भएकाे भन्दै कम्युनिष्ट पार्टी नै त्यागे।तर प्रचण्डले यति पनि गर्न सकेका छैनन।उनले अझै कम्युनिष्टकाे खाेल अाेढिरहेका छन।