यातायात व्यवसायीको आन्दोलनमा मजदुर सहभागी नहुने  

काठमाडौं, ६ बैशाख – सरकारले सिण्डिकेट तोडेको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रने बताइरहेका बेला उनीहरुकै सवारी चलाइरहेका चालक र सहचालकलगायतका यातायात मजदुहरु भने सो आन्दोलनमा सहभागी नहुने भएका छन् ।

नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विगतमा यातायात व्यसायीले गर्ने हरेक आन्दोलनमा आफूहरु सहभागी हुँदै आएको भए पनि यसपालि पर्ख र हेर को स्थितिमा रहेको बताए । उनले व्यसायीको आन्दोलनमा सहभागी नजनाउने बताए ।

उनले आगामी २६ बैशाखदेखि व्यसायीले गर्ने भनेको आन्दोलनमा याताया मजदुहरु कुनै पनि हालतमा सहभागी नहुने बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *