नेपालकाे विकासमा भारतसँग सहकार्य : चीन

बेइजिङ, ६ काठमाडाैँ — नेपालको विकासका लागि अन्य मुलुकसँग पनि हातेमालो गर्न चीन तयार रहेको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । बुधबार बेइजिङमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो विचार राखेका हुन् ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । बुधबार बिहान एघार बजे चिनियाँ स्टेट गेष्ट हाउस त्याउथाईमा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङसँग भेटवार्ता गरेका थिए । वाङसँगको भेट वार्ता नै मन्त्री ज्ञवालीको चीन भ्रमणको मुख्य कार्यक्रम थियो ।

पत्रकार सम्मेलनमा चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीका पत्रकारले नेपालका प्रधानमन्त्री केपी ओलीले भरखरै सम्पन्न गरेको भारत भ्रमणको प्रसङ्ग उठाउँदै भारतले नेपालमा रेल्वे विस्तार र कृषि क्षेत्रमा व्यापक सहयोग गर्ने सहमति गरेकोमा चीनको प्रतिक्रिया के छ भनेर सोधेका थिए । प्रश्नको जवाफ दिने क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङले भने, ‘नेपालको विकासमा चीन र भारत दुवै छिमेकी मुलुकले सहयोग गर्न सक्छन् । चीन, नेपाल र भारतबीचको त्रिपक्षीय सहयोग तीनवटै मुलुकका लागि फाइदाजनक छ ।’

पत्रकार सम्मेलनमा पहिले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले लिखित सम्बोधन गरेका थिए । त्यसपछि मन्त्री ज्ञवालीले पनि लिखित सम्बोधन गरेका थिए । मन्त्रीद्वयको सम्बोधनपछि चिनियाँ पत्रकारले भारतले नेपालमा रेल्वे सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको अवस्थामा चिनियाँको चासो उठाएका थिए । दुई वर्षदेखि चीनले केरुङबाट काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्म रेलवे सेवा विस्तार गर्ने भन्दै प्रारम्भिक प्राविधिक अध्ययन पनि गरिसकेको छ । अाजकाे कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *